2026-08-20 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रोस्टाइल “कृ” चलचित्रसँग आबद्ध

माघ २२, काठमाडौँ | डाबर नेपालको पुरुषहरूलाई लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइलले प्रदर्शनरत चलचित्र “कृ” सँग आबद्ध भएको कुरा रोयल इम्पिरियल बुटिक होटल, काठमाडौँमा मिडियाकर्मी तथा “कृ” चलचित्रका अभिनेता तथा प्राविधिकका बीच आयोजित एक कार्यक्रमका बीच घोषणा गरेको छ । प्रोस्टाइल यो आबद्धतासँगै नै “कृ” चलचित्रको आधिकारिक स्टाइलिङ पार्टनर भएको छ । 

चलचित्रका नायक तथा प्रोस्टाइलका ब्रान्ड एम्बेसेडर श्री अनमोल केसीले प्रोस्टाइलले आयोजना गरेको “अनमोल फ्यान मोमेन्ट्स” फेसबुक ग्राहक योजनाका विजेताहरूलाई “कृ”को प्रिमियर कार्यक्रमको टिकट वितरण गरेका थिए । सोही कार्यक्रममा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ का विजेता श्री ध्रुव बुढाथोकी तथा “कृ” चलचित्रका निर्देशक श्री सुरेन्द्र पौडेलले गोलाप्रथाबाट विजेताहरूको नाम घोषणा गर्नुभएको थियो । १० जना विजेताले आफ्ना साथीहरूका साथमा यही २४ माघ २०७४ का आयोजना हुने “कृ”को प्रिमियर कार्यक्रममा चलचित्र हेर्न पाउनेछन् । 

“अनमोल फ्यान मोमेन्ट्स”मा सहभागीहरूको अत्यन्तै उत्साहजनक सहभागिता रहेको कुरा डाबरले जनाएको छ । १२ माघ २०७४ मा सुचारू गरिएको यो कार्यक्रमबाट १५ हजारभन्दा बढी लाइक, ४ हजारभन्दा बढी कमेन्ट तथा ४ लाखभन्दा बढी भ्यु प्राप्त भएको थियो । 

डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख श्री उपेन्द्र प्रधानले भन्नुभयो, “कृ चलचित्रसँग आबद्ध हुनु हाम्रा लागि गर्वको विषय हो । विगत २ वर्षदेखि अनमोल केसी हाम्रो ब्रान्ड एम्बेसेडर हुनुहुन्छ र उहाँकै चलचित्रको स्टाइलिङ पार्टनर हुनु हाम्रा लागि उपयुक्त पनि छ । हाम्रो डिजिटल कार्यक्रम पनि उति नै चर्चित रह्यो । हामी आशा गर्छौँ, चलचित्रले पनि धेरैभन्दा धेरै चर्चा हासिल गरोस् ।”

“कृ” चलचित्रका निर्देशक श्री सुरेन्द्र पौडेलले भन्नुभयो, “चलचित्रको प्रवर्धनमा प्रोस्टाइलको सहयोगका लागि हामी कृतज्ञ छौँ । “कृ” यो वर्षकै सबैभन्दा अपेक्षित चलचित्र हो । यो आवद्धताले दर्शकहरूको अपेक्षालाई पूरा गर्ने हाम्रो विश्वास छ ।”

“कृ” २०७४ माघ २६ गते प्रदर्शनमा आउने सुरेन्द्र पौडेलद्वारा लिखित तथा निर्देशित नेपाली कथानक चलचित्र हो जसलाई सुवास गिरी तथा भुवस केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसीसँगै अनुपविक्रम शाही तथा अदिती बुढाथोकीलाई देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह