2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हास्य टेलीसृंखला भद्रगोलको प्रसारण अनिश्चित हुनुको कारण रहेछन् धुर्मुस !

माघ २२, काठमाडौं । आइतबार एकाएक हास्य टेलीसृंखला भद्रगोलको प्रसारण बन्द हुने बिषयमा समाचार भाइरल बन्यो । भद्रगोलका मुख्य कलाकार मध्ये निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे) ले यस बिषयमा फेसबुकमा स्टाटस लेखेपछी भद्रगोल भित्रको भद्रगोल छरपष्ट भएको हो ।

आखिर चर्चित र दर्शकले औधि रुचाएको हास्य टेलीसृंखला ‘भद्रगोल’ बन्द गर्नेसम्मको निर्णय किन लिईयो भन्ने बिषयमा भने नयाँ खुलाशा भएको छ । ‘भद्रगोल’ का दुई निर्देशक कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पांडे) मिडिया हव (भद्रगोल उत्पादन गर्ने संस्था) सँग रुष्ट भएपछी हास्य टेलीसृंखलानै प्रसारणमा अनिश्चितता भएको हो । निर्देशकद्वय रुष्ट बन्नुको कारण रहेछ – धुर्मुसको सिन मिडिया हबले काटिदिनु । 

हास्य टेलिश्रृंखला ‘भद्रगोल’अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई भद्रगोलमा देखाइएको थियो । जसमा धुर्मुस स्वयमले पनि छोटो अभिनय गरेका थिए । तर धुर्मुसले अभिनय गरेको दृश्य भने मिडिया हबले हटाईदियो । यसै कारण भद्रगोलका निर्देशकहरु मिडिया हबसँग रुष्ट बने । 

भद्रगोलमा सामाजिक अभियन्ताका रुपमा परिचित धुर्मुस – सुन्तलीको कामलाई थप प्रोत्साहन गर्ने उध्यश्यले कार्यक्रम निर्माण गरिएको थियो तर मनोमानी ढंगले धुर्मुसको अभिनय रहेको दृश्य हटाइयो । यही कारण भद्रगोल अब आउने-नआउने भन्ने अनिश्चित बन्न पुग्यो । आइतबार अर्जुन (पाडे) को स्टाटसपछी मिडिया हबलाई ‘भद्रगोल बन्द हुने हो ?’ भनि प्रतिक्रिया लिँदा मिडिया हबले उनीहरु (पाडे/जिक्री) नभएपनि ‘भद्रगोल’ बन्द नहुने बताएको थियो ।  

मिडिया हबले धुर्मुससँग दुश्मनी साध्न धुर्मुसको अभिनय सहित नाम समेत काटेको थियो । यस अघिपनि मिडिया हब र उसले संचालन गरेओ कार्यक्रमहरु बिबादित हुने समाचारहरु आएका थिए । मेरीबास्सैको निर्देशक हुँदा देखिकै धुर्मुस र मिडिया हब बीच सम्बन्ध नराम्रो रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने