2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गीतकार खनालको पछिल्लो गीत आमाको सम्झना सार्वजनिक

माघ २६, काठमाडौँ | चर्चित एवं वरिष्ठ गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ । 

आफ्नी आमा दमन्ता खनालको सम्झनामा उनले सो गीत आज सार्वजनिक गर्नुभएको हो । “दिवंगत ममतामयी आमाको पुण्यतिथिमा शब्द रचनाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न गीत सार्वजनिक गरेँ”, उहाँले भन्नुभयो । 

“ममतामयी आमालाई गुमाउनु पर्दाको क्षणलाई सम्झेर गीत रचना गरेँ, जीवनमा आमाको कति महत्वपूर्ण हुन्छ, यस पीडालाई गीतका शब्दमा उतार्ने प्रयास गरेको छु, अब सबै आमाहरूमा यो समर्पण गर्न चाहन्छु ।” कुन क्षणमा गीत रचना गर्नुभयो ? प्रश्नको जवाफमा भावुक हुँदै गीतकार खनालले जवाफ फर्काउनुभयो । 

भावुक र मार्मिक सो गीतमा वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले सङ्गीत भर्नुभएको छ भने वरिष्ठ गायक बिन्दु परियारले स्वर दिनुभएको छ । “सङ्गीत भर्र्ने क्रममा मलाई पनि मेरो आमाको निरन्तर सम्झना आइरह्यो, यो पीडालाई सङ्गीतमार्फत उतार्न निकै कठिन भयो, जीवन्त रुपमा गीतका शब्दलाई सङ्गीतमा उतार्ने प्रयास गरेको छु । “सङ्गीतकार शेषले सङ्गीत भर्दाका आफ्नो अनुभव सुनाउनुभयो । 

“आमाको वात्सल्यता प्राप्त भइराखेको छ तर आमा नहुँदा पीडा कस्तो हुन्छ भनेर स्वर दिँदा यसले मन र मुटु दुवैलाई चसक्क छोयो” गायक परियारले भन्नुभयो । 

दुई दशकदेखि गीत–सङ्गीत, कविता, कथामार्फत साहित्य सिर्जनामा लागेकी गीतकार खनालका दुईवटा एल्बम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल) मार्फत दर्जनभन्दा बढी गीत बजारमा आएका छन् । त्यस्तै उहाँले गीत तथा कविताको सङ्ग्रहित पुस्तक ‘पोखिएँ यसरी’ पनि सार्वजनिक गर्नुभएको छ । 

उसो त पछिल्लो पुस्ताका चर्चित गायिका अञ्जु पन्तको स्वर र सङ्गीतकार गोविन्दमधुर आचार्यले भर्नुभएको उनको चर्चित गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ बोलको गीतले गत महिनामा पिआरविटीमार्फत सर्वाधिक रोयल्टी प्राप्त गर्न सफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने