2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलको टपटेन छनौट, को–को परे हेर्नुहोस (कसलाई कति भोट ?)

चिसाङ शेर्पा | माघ २७, खोटाङ | खोटाङ आईडलको पाँचौ अडिसनबाट टपटेन छनौट भएको छ । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको पाँचौ लोकपप अडिसनबाट शनिबार दशजना छैठौ अडिसनका लागि छनौटमा परेका हुन् ।

गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलले २ नगरपालिका र आठ गाउँपालिकामा पुस १७ गतेसम्म पहिलो चरणको अडिसन गराएर ५ सय ५० जना जम्मागरी पाँचौ चरण अडिसन सकिंदा दशजना छानिएको हो ।

छनौटमा सुजाता परियार रतन्छा, अमिता राई लफ्याङ, उमेश राई खार्मी, रोहित चाम्लिङ छोरम्बु, केदार अनुरागी खार्मी, सुमन राई खार्ताम्छा, राजन गिरी बुईपा, तेज राई सप्तेश्वर, दिपा राई सिम्पानी, सिर्जना राई खाल्ले रहेका छन् ।

उत्कृष्ट दश प्रर्तिस्पर्धीहरु ७० प्रतिशत निर्णायकको निर्णय र ३० प्रतिशत भोटका आधारमा अगाडी आएका हुन् । उनीहरु गायिका पार्बती राई, हेम बिक्रम राई र भलकाजी राईको जजमेनबाट छनौटमा परेका हुन् ।  

उत्कृष्ट दशसहित दुईजनालाई पनि सँगै अगाडी ल्याइएको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी ११ बर्षिय कञ्चन राई र रावाबेंशी गाउँपालिका–१ कुभिण्डेकी ईशारा चेली राईलाई अगाडी ल्याईएको हो । उनीहरु दुईलाई भोटिङमा नराखिने र कार्यक्रमको अन्तिममा दश हजार बराबरको सम्मान गरिने शर्तमा अगाडी ल्याईएको कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । 

‘गला र संगीतको पहिचान नवप्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुलमन्त्रका साथमा आयोजित आईडलमा निखारिएका दशजना गायक तथा गायिकालाई फागुन १२ गतेको छैठौ अडिसनबाट टप फाईभमा झारिने संयोजक राईले बताए । प्रतियोगीले छैठौ राउण्डमा पुर्बेली भाका र स्वदेश गान गाउनुपर्ने परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीले जनाएको छ । 

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

टपटेनमा कसको कती भोट आएको थियो हेर्नुहोस

सुजाता परियार रतन्छा २६८, अमिता राई लफ्याङ १ हजार ३ सय ३३, उमेश राई खार्मी ३६०, रोहित चाम्लिङ छोरम्बु २६८, केदार अनुरागी खार्मी २८६, सुमन राई खार्ताम्छा ६ हजार ६६, राजन गिरी बुईपा १ हजार ८ सय ४०, तेज राई सप्तेश्वर ४८२, दिपा राई सिम्पानी २ हजार ९ सय ३३, सिर्जना राई खाल्ले २ हजार ९ सय ३३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने