2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने

पूर्णप्रसाद मिश्र / फागुन ४, दोलखा | समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । 

चलचित्र विकास बोर्डले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सेतीदेवी सामुदायिक वनको एक हजार ५०० रोपनी क्षेत्रफलमा अतिथिगृह र छायाङ्कनस्थल लगायत संरचनाको निर्माण गर्न लागेको हो । यो ठाउँमा अन्तर्राष्ट्रिय चलचित्र नगरी आयोजना निर्माणका लागि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सरकारका सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको पालादेखि पहल शुरु भएको थियो । 

कलाकार मदनदास श्रेष्ठले हिउँदमा प्रायः हिउँ पर्ने यो ठाउँमा चलचित्र नगरी निर्माणका लागि निरन्तर प्रयास जारी राख्नुभयो । फलस्वरुप सबै प्रक्रिया पूरा गरेर बिहीबार अन्तर्राष्ट्रिय चलचित्र नगरीको शिलान्यास भयो । शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मृग, घोरल, कस्तुरीलगायतका जंगली जनावर दौडने यो वनमा बन्ने चलचित्र नगरी अन्तर्राष्ट्रिय जगत्मै आकर्षक थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । 

“चलचित्र नगरी निर्माणका लागि पोखरा, बारालगायत स्थानबाट पनि प्रस्ताव आएको थियो, योभन्दा उपयुक्त स्थान अन्यत्र देखिएन, वरपर प्राकृतिक, धार्मिक एवं पर्यटकीयस्थल रहेकाले यो स्थल उपयुक्त छ, चलचित्र क्षेत्रलाई उद्योगका रुपमा व्यवस्थित गर्न पनि यो नगरीले महत्वपूर्ण योगदान गर्नेछ, म पदमा रहे पनि नरहे पनि नगरी निर्माणका लागि सधैँ व्यक्तिगत तवरले सहयोग गर्नेछु”, उहाँले भन्नुभयो । 

चलचित्र नगरीमा विमानस्थल, पाँचतारे होटल, चलचित्र निर्माणका लागि उपयुक्तस्थल लगायत नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने किसिमका संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिएको पूर्वमन्त्री बस्नेतले बताउनुभयो । 

यो स्थलको वरपर त्रिपुरासुन्दरी, कालिञ्चोक र भीमेश्वरलगायतका धार्मिक आस्थाका केन्द्र पनि छन् । करिब दुई दशकअघि दक्षिण एशियाकै ठूलो खरिढुंगा म्याग्नेसाइट उद्योग सञ्चालन गरिए पनि पछि बन्द हुँदा एक हजारभन्दा बढीले रोजगारी गुमाएका थिए । 

नेपाल टेलिभिजनका पूर्वप्राविधिक प्रकाशजङ्ग कार्कीले अमेरिकाको लस एञ्जल्समा निर्माण गरिएजस्तै चलचित्र नगरी खरिढुंगामा निर्माण गरिनुपर्ने बताउनुभयो । 

“लस एञ्जलसको त्यो स्टुडियो चलचित्र छायांकनका लागि प्रसिद्ध भए जस्तै यहाँ पनि विश्वकै निर्माता, निर्देशकलाई आकर्षित गर्ने गरी संरचना बनाइनुपर्छ, अन्तर्राष्ट्रिय जगत्का निर्माता, निर्देशक पनि चलचित्रको छायांकनका लागि यहाँ आकर्षित गरेर चलचित्र पर्यटनको विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

बिहानदेखि बेलुकीसम्म पारिलो घाम लाग्ने भएकाले चलचित्र छायाँकनका लागि प्राकृतिक रुपमै उपयुक्त हुने प्राविधिक कार्कीले बताउनुभयो । बिहीबार शिलान्यासका क्रममा तापिलो घाम लागिरहेको डाङडुङे डाँडामा केही दिन अघि परेको हिउँ पग्लिसकेको थिएन । जसलाई हातमा लिएर खेलाउँदा कार्यक्रमका सहभागीले आनन्दको अनुभव गरेका थिए । 

खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि सेतीदेवी सामुदायिक वनको यो रमणीयस्थलमा पुग्न सकिन्छ । खरिढुंगा क्षेत्रमा चलचित्र नगरी स्थापनाका लागि लामो समयदेखि अभियान चलाइरहनुभएका कलाकार श्रेष्ठले यो डाँडामा संरचना निर्माणको प्रस्ताव राख्दा धेरैले नपत्याएको जानकारी दिनुभयो । 

“कतिले मदनदास बहुलायो भन्थे, हुस्सु आउँछ, हिउँ पर्छ, यस्तो स्थानमा चलचित्र नगरी हुन्छ र ? भन्नेहरुले अहिले प्राकृतिक स्थानमा निर्माण गर्नु उपयुक्त हुने बताउन थालेका छन्”, उहाँले भन्नुभयो । 

चलचित्र नगरी निर्माणका लागि सामुदायिक वन क्षेत्रको एक हजार ५०० जग्गामा अनुमति दिने निर्णय गरेर पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीका पालामा समेत सहयोग भएको स्मरण गर्नुभयो । 

बोर्डकी अध्यक्ष निकिता पौडेलले आवास गृहसहित चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना पनि निर्माण गर्ने गरी परियोजना प्रस्ताव तयार भएको बताउनुभयो । चलचित्र नगरी निर्माणका लागि केही दिनमै टेण्डर आह्वानको तयारी भएको पनि उहाँले बताउनुभयो । 

भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले नगरपालिकाको वडा नं ९ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाङ्डुङे डाँडामा निर्माण हुने चलचित्र नगरीका लागि स्थानीय सरकारका तर्फबाट गर्न सकिने सबै साथ र सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने