पानीघट्ट र ठाडोभाकाबारे कुनै जान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पानीघट्ट र ठाडोभाकाबारे कुनै जान"/>

2026-10-10 09:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातामा पनि नेपाली ‘पानीघट्ट’

फागुन १३, काठमाडौँ। लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । 

पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तराष्ट्रिय नाटक उत्सवमा मञ्चित नाटक हेर्न प्रवासी नेपाली तथा गैरनेपालीको भीडभाड थियो । नाट्य युद्धले चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्य उत्सव आयोजना गरेको हो । यही फागुन ११–१३ सम्म हिन्दी, बंगाली, नेपालीसहित ११ नाटक मञ्चन गरिएको थियो । 

‘पानीघट्ट’ नाटक हेर्न आमा रमितासिंहसंगै आएकी छोरी सन्तोषीले नेपाली संस्कृति हेर्दा निकै खुशी लागेको बताइन् । लमजुङकी लीला गुरुङले परदेशमा आफ्नो संस्कृति देख्न पाउ“दा गाउ“मै भएको अनुभूति लिइन् । संयुक्त नेपाली केन्द्रीय सेवा संघका अध्यक्ष नरविक्रम थापा, भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठक, नेपाल पारवाहन तथा गोदाम कं लिमिटेडका विशेष अधिकृत लक्ष्मण खड्का, समाजसेवी रामप्रसाद बराललगायतले प्रवासी नेपाली समुदायबाट नेपाली कलासंस्कृति लोप हु“दै गएको अवस्थामा यसलाई जोगाउनुपर्छ भन्ने पाठ ‘पानीघट्ट’बाट अवगत भएको बताए । 

सवा एक घण्टाको ‘पानीघट्ट’ मा वैदेशिक रोजगारी र यसपछिका समस्या, बसाइ“सराइ र युवाशक्ति पलायन हु“दा गाउ“मा देखिने सामाजिक तथा सांस्कृतिक समस्यालगायत उजागर गरिएको छ । 

कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नाटकले नेपाली संस्कृतिको यथार्थ चित्रण गरेको बताउँदै नेपाली कलासंस्कृति बचाउन महावाणिज्यदूतावास लागिपरेको स्पष्ट गर्नुभयो । गायिका सुजाता वर्माले नाटक हेरेपछि नेपाली संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने धारणा सबैमा पलाएको बताउनुभयो । 

नाटकका लेखक÷निर्देशक पुरु लम्सालले मुलुकभित्रकै नाटकघरमा मात्रै नेपाली नाटक मञ्चन भइरहेका अवस्थामा प्रवासमा गएर पनि सांस्कृतिक तथा सामाजिक सचेतना जगाउनुपर्छ भन्ने मान्यता रहेको बताउँदै अघिल्लो पुस्ताको वास्तविकता र अहिलेको यथार्थलाई समिश्रण गरी नाटक निर्माण गरिएको जानकारी दिनुभयो । 

भारतीय मञ्चमा कलाकार विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, केदार बोहोरा, शान्ति श्रेष्ठ, नरमाया तामाङ, हिमाल मजाकोटी, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, विमला मिजार, सञ्जोग लामिछाने र बालकलाकार विप्लव बोहोराले अभिनय प्रस्तुत गरेका थिए । उहाँहरुलाई कोलकाताका कलाकार आशा बराल र नेहा धमलाले साथ दिनुभएको थियो । 

नाटकलाई कोलकताको अन्तराष्ट्रिय नाटक उत्सवसम्म लानका लागि संयोजन गर्नुभएका त्रिविका प्रा डा अशोक थापाले नेपाली नाटकका माध्यमबाट प्रवासी नेपालीलाई आफ्नो संस्कृति र यथार्थ देखाउन कोलकातासम्म नाटक ल्याइएको जानकारी दिनुभयो । संस्कृतिकर्मी जयराम तिमिल्सिनाले समाजलाई नाटकका माध्यमबाट घच्घच्याउन र ब्य“ुताउन सकिने भएकाले नेपाली नाटकको व्यापकताको अझै खा“चो रहेको बताउनुभयो । 

नाटककार लम्सालले २०६४ सालमा लेखेको पानीघट्टको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको हो । लमजुङमा गत माघ १८ देखि २० गतेसम्म मञ्चन गरिएको नाटक ‘पानीघट्ट’ र गत वर्ष प्रदर्शन गरिएको नाटक ‘फड्के’ लाई नाटककार लम्सालले पुस्तकमा समेत उतार्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने