2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएस बंगलाको विमान दुर्घटना सम्बन्धी दुई गीत बजारमा

चैत्र, काठमाडौँ । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भ भएको बंगलादेशी विमान दुर्घटना सम्बन्धि गीत सार्वजनिक भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झानामा दुई गीत तयार भएको हुन् । 

सर्व सम्मान म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत शनिबार काठमाडौँका संवाद डबलीमा विमोचन गरिएको हो । युएस बंगला एयरलाइन्सको विमान कसरी दुर्घटना भयो, घटनापछि परिवारमा परेको पीडा गीतमा समेटिएका छन् । 

नेपाल लोकदोहोरी प्रतिस्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, चर्चित गायक जीवन परियारलगायतका कलाकारहरुले गीतको विमोचन गरेका गिए । 

कार्यक्रममा बोल्दै शर्माले गीतमाध्येमबाट दुर्घटनामा सबैको ध्यान तान्ने काम भएको बताए । उनले दुःख र सुखहरुलाई गीतमा समेट्नु कलाकारहरुको कर्तव्य बताउँदै सर्वसम्मानले आफ्नो कर्तव्य पूरा गरेको बताए । 

त्यसैगरी गायक जीवन परियार, एसियन लाइफ इन्सोरेन्सका तीन नम्बर प्रदेशका इन्चार्ज लोकराज जैसी, इन्जिनियर रमेश शिवशंकरलगायतले पीडित परिवारले भन्न नसकेका कुरा गीतमा समेटेको बताउँदै पीडा भुल्न केही सहयोग गर्ने धारणा राखेका थिए । 

विमान दुर्घटनासम्बन्धी दुई गीत एकै पटक विमोचन गरिएका थिए । पहिलो गीतमा कृष्ण लामिछानेको स्वर र लय छ भने देव बटालाको शब्द हो । त्यसैगरी दोस्रो गीतमा जगत बिसीले स्वर दिएका छन् भने प्रेम दैलेखीको शब्द रहेको गीतमा प्रेम जगतको लय रहेका छ । 

गीतको मिक्सिङ मार्मिक रेकर्डिङ प्रबन्धक मानबहादुर बलामीमगरले गरेका हुन् भने संगीत रोकश सोनी र महेश पाण्डेयले दिएका छन् । 

दुबै गीतको भिडियो पनि तयार भएको सर्व सम्मान म्युजिक प्रा.लि.का प्रबन्धक निर्देशक प्रकाश क्षेत्रीले कार्यक्रममा जानकारी दिए । भिडियोमा प्रकाश क्षेत्री, ललिजन बोगटी, हिना, पुजालगायतका कलाकारहरुले अभियन गरेका छन् । प्रकाश क्षेत्रीको निर्देशन रहेका भिडियोको सम्पादन अनिल रानाले गरेका छन् भने छायांकन विरेन्द्र भट्टले गरेका छन् । 

कार्यक्रममा दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झानामा फोटोमा लामा र दीप प्रज्वलन समेत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने