2026-07-03 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

डान्स मास्टर सन्जिब भन्छन्, ‘तडकभडक गर्न कपाल पालेको हैन’

2018-03-28

चिसाङ शेर्पा/चैत्र १४, खोटाङ | “कलाकारितालाई साधन हैन साध्यको रुपमा लिनुपर्छ । समाज परिवर्तनमा कलाकारिताको अहम भूमिका हुन्छ ।” खोटाङका डान्स मास्टर उर्फ सन्जिब राई आफ्नो ओजपुर्ण तर्क बताउदै थिए ।  


हेर्दा तडकभडक, रफ स्टाईल, लामो कपाल, विभिन्न फेशनमा भेटिने डान्स मास्टर अर्थात सन्जिब हेराई र वास्तबिकतामा आकासपाताल फरक छन् । झट्ट हेर्दा गम्भीर स्वभाव, कुनै रक स्टारजस्तै लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका २६ बर्षिय डान्स मास्टर सन्जिब दिक्तेलको एक होटलमा डान्सद्धारा मनोरञ्जनसँगै समाज सुधार्न ठूलो योगदान हुने बताउँदै थिए ।

सानै उमेरदेखी डान्सका पारखी उनी हाल जिल्लामा डान्स मास्टरका लागि भयङकर चलेका ब्यक्ति हुन् । बाल्यकालमा गाउँघरमा हुने सांगीतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत देखाउदै आएका उनी अहिले डान्सका लागि चर्चित गुरु बनेका हुन् । जिल्लामा हुने सांगितिक कार्यक्रम, सभा, समारोहमा विविध कोणबाट उनकै खोजी हुन्छ ।

२०४८ जेठ १३ गते दिक्तेल सोल्मामा जन्मिई हिमालय निमावि विद्धालय सोल्माबाट औपचारिक शिक्षा शुरु गरी २०६४ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका उनले तत्कालिन टेम्मास्थित श्रीकृष्ण उच्च माविबाट प्रबिणता प्रमाणपत्र तह उतिर्ण गरेका हुन् । प्रबिणता प्रमाणपत्र उतिर्णसँगै उच्च तहको पढाईमा पुर्णबिराम लगाएका उनी कलाकारिता क्षेत्रमा लागेका हुन् ।

उनले २०६१ सालमा कला निधि ईन्दिरा संगीत बिश्व बिद्धालय पुल्चोक ललितपुरबाट ‘क्लासिकल कत्थक’ सिनियरमा दशबर्ष लगाएर डिप्लोमा गरे । शास्त्रीय नृत्यभित्रको क्लासिक कत्थक गर्दागदै २०६३ सालमा राष्ट्रिय नाचघर जमलबाट लोक डान्समा डिप्लोमा, २०६८ सालमा स्टेप डान्स सेन्टर थापाथली काठमाण्डौबाट स्टेन मोडन डान्समा डिप्लोमा गरेका डान्स मास्टर सन्जिबले ब्यवसायिक रुपमा दिक्तेलमा ‘हाम्रो कलाकेन्द्र’ डान्स सेन्टर सञ्चालन गरिरहेका छन् । 

क्याम्पसको पढाईलाई छोडेर कलाकारिताको सपना बोकेर राजधानीमा डान्स सिकेर जिल्ला फर्केको लामो समयपछि यहि पेशाबाट राम्रो कमाई गर्न थालेको उनले बताए । गाउँघरमा हुने सांगीतिक कार्यक्रममा नाँच्थे, पैसा दिन्थे, उहाँले भन्नुभयो, “पाँच रुपैयाँमा नाचेको अझै ताजा छ । त्यो बेला पाँच रुपैयाँ अहिलेको हजारजस्तो हुने ।”  २०६० सालमा नेकपा माओबादी केन्द्रमा छिरे, २ वर्ष क्रियाशिल कार्यकर्ता हुंदै कलाकारितामा लागे कसैले पत्याएनन् सायद ममा अपरीपक्व छ जस्तो लाग्यो होला । उहाँले भने, नृत्य गरे सबै अवाक भए । जिल्ला, क्षेत्र, केन्द्रिय टोलीसम्म पुग्ने अवसर पाए सम्भवतः कलाकारितामा लाग्नुको प्रेरणा नै त्यही थियो ।

जिल्लामा निर्माण भएको नतिजा, कुहिने र साँघुरो दलान सानो पर्दाको चलचित्रमा डान्स डाईरेक्टर गरेका उनी २०७२ सालबाट माउण्ट एभरेष्ट बोर्डिङ स्कुलको डान्स टिचर हुन् । दैनिक एकघण्टा नृत्य प्रशिक्षण दिने सन्जिबको चिनारी अहिले ‘डान्स मास्टर’ हो । बजारमा उनको माग बढ्दो रहेको छ । माउण्ट एभरेष्टको अलवा श्रीमावि मझुवा वासबोटे लफ्याङमा नियुक्ती भई डान्स सिकाईरहेका उनलाई दुई विद्धालयबाट डान्सकै लागि प्रस्ताब आएको छ सन्जिबले भने, पारिश्रममा टुंगो लागेको छैन ।

डान्सबाटै निकै राम्रो कमाई गरिरहेका सन्जिबसँग अहिले आफ्नो नामभन्दा दर्शक जनसमुदायले दिएको नाम गहकिलो बनेको छ । “दैनिक डान्स सिकाउन बोर्डिङ जाने गर्थे, सबैले डिएम, डिएम भन्न थाले, बुझिन पछि बुझ्दा डान्स माष्टर भनेका रहेछन् । सन्जिब नामनै हरायो, ‘डान्स मास्टर’ भए ।” कामको उपाधी पाउँदा त्यो क्षण हर्ष विभोर भए । आफ्नो कामको रमाईला कुरा सुनाउदै उनी हामीसँग सहज बन्दै गए ।

एक जमाना कतीले त मलाई ट्यापे, गुण्डा भन्थे, अहिले पनि अन्जान ब्यक्तिले भन्दा होलान् आफ्नो लामो कपाल सुमसुमाउदै उनी भन्न थाले, “मैले यो लामो कपाल, कानमा कुण्डल दादागिरी गर्न हैन, कलाकार हुं, कथाले मागे अनुसार पात्र बन्नुपर्ने हुन्छ । त्यो अर्थमा कपाल पालेको र कुण्डल लगाएको हुं ।” कपालकै कारण बिवादसम्म भयो, त्यो मप्रती अबुझाई थियो, डान्स मास्टर भन्ने हुलियाँचाहि गुण्डाको जस्तो पाल्ने भनेर बहुत कुरा चल्यो । उनले भने, शुरुशुरुमा कपालको कारण प्रश्न उठ्ने गर्दथ्यो, कमेण्ट आउथ्यो, डान्स मास्टर हुं कहिले महिलाको समेत भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि मात्रै हो कुनै हाईफाई, रवाफ, तडकभडक देखाउन हैन ।

बहुप्रतिभा भएका उनी टेक्निकल पाटोमा समेत अब्बल ब्यक्ति हुन् । डान्सका अलवा जिल्लामा हुने राजनीतिक, सांगितिक, पुराण, सभा, सम्मेलन हुंदा मेरो नै पहिलो माग हुन्छ । प्रविधि संयोजनको लागि । तीनसयभन्दा बढी कार्यक्रममा साउण्ड सिष्टम चलाएको छु पुरै दिन खटे तीन हजार, आधा दिन खटे पन्ध्रसय हो । आइ एसएस साउण्ड सर्भिसबाट पाएको प्रमाणपत्र देखाउदै उनले भने, “भर्खरै सम्पन्न खोटाङ आईडलको प्राविधिक जिम्मेवारी सके, नव कलाकारहरु धेरै आए, यहि कपाल, कुण्डलकै कारण कती त ट्रयाक दिन डराउथे, सबैको आँखा ममा, हुन्थ्यो संगत गर्दै गएपछि त मलाई छोड्दै, छोडेनन् । अहिलेपनि प्रायः सबैले फोन गर्छन्, सोध्छन्, सन्चै हुनुहुन्छ भन्छन् ।’ 

सार्वजनिक कार्यक्रममा प्राविधिक काममा खटिंदा जिल्लाका विशिष्ट ब्यक्तिहरुले समेत कपालको कमेण्टमेण्ट गरेका थिए । सन्जिबले भने, बाटोहरुमा ओहोरदोहोर गर्दा मानिसहरु मलाई युवती ठान्थे तर, म पुरुष थिए । ब्यवसायिक डान्स मास्टर हुं । एक जमाना धरैले कपाल काट्न अनुरोध गरे बिडम्बना अहिले नकाट्न अनुरोध गर्छन् । मेरो पहिचान पनि कपाल बनेको छ । 

डान्स मास्टर, साउण्ड सिष्टम टेक्निसियन, मोबाईल टेक्निसियन लेभल–१ रहेका उनले बाध्यबादन अन्तरगत तबला, मादल, ढोलक, नाल, हार्मोनियम, किबोर्ड, ड्रमसेटको बेशिक कोर्ष सकेका छन् । नृत्य प्रशिक्षक भएरै जीविकोपार्जन गरिहरेका उनले ७८ वटा नृत्य प्रतियोगितामा जजमेन गरिसकेका छन् । ५ सय पु¥र्याउने धोको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो