2026-10-10 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई देखियो यस्तो समस्या

चैत १४, काठमाडौँ | मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ । 

चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो । 

स्वास्थ्य जाँचमा खटिनुभएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट सेतोपानी जाने, पिसाब पोल्नेलगायतका समस्या देखिएको जानकारी दिनुभयो । “जाँच गराएका ४२ महिलामध्ये २२ जनालाई पाठेघरको समस्या, आठ जनालाई मानसिक तनाव र ११ जनालाई ग्याष्ट्रिकको लक्षण देखिएको छ,”– उहाँले भन्नुभयो । 

क्याप नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालिकाका लागि निःशुल्क मनोसामाजिक परामर्शसमेत दिएको छ । मनोविद् सनम पौडेलले मनोरञ्जन क्षेत्रका महिलालाई रातको समयमा निद्रा नलाग्ने, भविश्यको चिन्ता गर्ने, समाजबाट जोगिएर काम गर्नुपर्ने, बच्चाबच्चीको चिन्ता गर्नेलगायतका समस्या देखिएको बताउनुभयो । 

क्याप नेपालका अध्यक्ष फरिन ठकुरीले मनोरञ्जनका क्षेत्रका काम गर्ने महिलालाई पुरानो भोगाइलाई बिर्सेर नयाँ काम गर्नतर्फ हौसला प्रदान गर्नका लागि मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो । उपत्यकाको नयाँ बसपार्क, कोटेश्वर, ठमेल र उपत्यका बाहिर सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरमा यस्तो परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको उहाँको भनाइ थियो । 

पन्ध्र वर्षदेखि निरन्तर महिला र बालिकाको हकअधिकार तथा श्रम संरक्षणको क्षेत्रमा काम गरेको क्याप नेपालले समस्यामा परेका २२ महिलालाई सेल्टर स्थापना गरेर संरक्षण दिँदै आएको कार्यक्रम व्यवस्थापक अभिषेक थापाले जानकारी दिनुभयो । 

नयाँ बसपार्कस्थित महानगरीय प्रहरी प्रभागले दिएको जानकारीअनुसार गोँगबु क्षेत्रमा ४० वटा डान्स तथा दोहोरी सञ्चालनमा छन् । प्रभागका प्रमुख प्रताप पौडेल मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य तथा हकअधिकारका लागि क्याप नेपालले राम्रो कामको थालनी गरेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने