२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

गायक चोखालले ल्याए ‘जसुली’

१६ चैत्र २०७४, शुक्रबार १४:०६

प्रकाश बम | चैत्र १६, डोटी | एक दर्जन गितमा आवाज दिई सकेका गाएक सुरेश चोखालले यतिबेला ‘आइजा मेरी जसुली’ बोलको लोक पप गित बजारमा सार्वजनिक गरेका छन् । 

अहिले उक्त लोक पप गितले नेपाली बजार क्षेत्रमा निकै चर्चा कमाउन गइ रहेको छ ।

‘आइजा मेरी जसुली’ लोक पप गीतमा सुशिल बोहराको शब्द संयोजन तथा चर्चित र्यापर अराज केशव गिरीले र्यापको काम गरेका छन् । 

शुरुमा ‘म त चेलो सुपको’ बोलको गीतमा गायक चोखालले चर्चित लोक दोहोरी गायिका टिका पुनसँग आवाज भरेर चर्चा कमाउन सफल भएका गायक अहिले लोक पप गितले झनै दर्शक श्रोताको मन बटुल्दै गइरहेका छन् ।

उनले दुई पटक सम्म राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा सहभागी भएर दोस्रो र तेस्रो स्थान हात पार्न सफल भएका हुन् । 

सार्वजनिक भएको उक्त लोक पप गीतमा करिष्मा ढकाल र ससान्त साहुले अभिनय गरेका छन् भने छांयाकन करन चैसियर , निर्देशन मौसम हिामली , सम्पादन प्रविण भट्टले गरेका हुन् । 

सानै उमेर देखि नै गित संगितमा रुचि राख्ने गायक चोखाल पछिल्लो समय गायन क्षेत्रमा व्यस्त देखिन थालेका छन् । दश बर्षको उमेर देखिनै  बिद्यालय, सभा, लगायत गाउमा हुने कार्यक्रममा सहभागि भइ गित गाउने गर्देथ साझा सवाललाई गायक चोखाल बताए ।

संगित शिक्षक शुवास बोहरा र शुसिल बोहरको प्रेरणाले गर्दा नै आफु गायन क्षेत्रमा प्रबेश गरेको गायक चोखालको भनाई छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नंं ७ मा बुवा गौरी लाल चोखाल र आमा  धना देबि चोाखालका कोखबाट जन्मीएका गायक चोखाल जेष्ट पुत्र हुन्। 

स्नातक सम्म शिक्षा हासिल गरेका गायक चोखाल एउटा कुशल स्वास्थ्यकर्मीका रुपमा पनि चिनिन्छन् । उनले गोदावरी नगरपािलका ७ जमुनाभाडिमा मेडीकल सञ्चालन गरेर सेवा गर्दै आईरहेका छन् । प्रेम बिबाह गरेका गायक चोखालकी धर्म पत्नी भगवति चोखाल पनि स्वास्थ क्षेत्रमा कार्यरत छन् ।

तेस्रो गीत एल्बम ‘घरवारै बिगार्यो मेरो फेसबुक वालीले’ छिट्टै बजारमा आउने गायक चोखालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ