2026-10-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यसरी बित्नेछ सलमान खानको जेल दैनिकी (२४ घन्टे रुटिन सहित)

चैत २३, काठमाडौँ (सास) | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाए लगत्तै सलमान खान जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । 

दैनिक लाखौँ कमाउने सलमानको लागि १० हजार केहि होइन तर उनलाई १० हजार जरिवाना सहित तोकिएको ५ बर्षको सजाय उनको करियर र आर्थिक आम्दानीको हिसावमा अरवौंको हो । उनले ५ बर्षको जेल जीवन बिताउनु पर्यो भने उनको फिल्मी करियर धरापमा पर्ने निश्चित छ । ५२ बर्ष उमेर पुगिसकेका सलमान ५ बर्षपछि जेलबाट छुट्दा कस्तो बन्लान ? धेरैको चासोको बिषयमा सबैभन्दा महत्वपूर्ण चासो के पनि छ भने दैनिक स्वतन्त्र जीवन बिताउँदा हुने उनको जीवनशैली जेलभित्र निकै फेरिनेछ । जेल भित्र सलमानले दैनिकी कसरी मिताउलान सबैलाई चासोको विषय हो त्यसैले यहाँ त्यसको चर्चा हुँदैछ । 

सलमानलाई बिहिबार दिउसो जोधपुर सेन्ट्रल जेलगिएको छ । जुन जेल सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित मध्ये एक हो । उनि उक्त जेलमा कैदी नम्बर १०६ भएका छन् । जेल जीवनमा सलमानको पुरै दैनिकी बदलिनेछ । उनको दैनिक रुटीन जेलको नियम अनुसार परिवर्तन हुनेछ । 

 

माथिको तश्विरमा: जोधपुर स्थित जेलमा पस्दै सलमान खान | 

जेल छिरेपछी अब सलमानको बिहानदेखि बेलुकासम्मको यस्तो दैनिकी हुनेछ: 

बिहानको समय 

– ५:३० बजे सुतेर उठ्नुपर्ने 

– ७:०० बजे नुहाएर तयार रहने 

*नियामानुसार हरेक कैदीले दैनिक १३५ लिटर पानी प्रयोग गर्न पाउने नियम छ | 

– ७ बजेदेखि ८ बजेसम्म नास्ता गर्ने (२ रोटी, तरकारी, चिया) 

– ८ बजेदेखि ११:३० बजेसम्म – जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने 

* नियामानुसार १ महिनामा बढीमा ५ जनाले मात्र कैदी भेट्न सक्छन त्यो पनि  २०/२० मिनेट मात्र | 

– ११:३० बजे पछी लन्च (तरकारी-रोटी, दाल भात) 

दिउँसोको समय

– दिउसो १२ बजेदेखि साँझ ५ बजेसम्म – जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने 

* जेलको नियामानुसार जेलमा काम गरे वापत स्किल्ड (अनुभवी, दक्ष), सेमी स्किल्ल्ड (साधारण दक्ष) र अन स्किल्ड (दक्षतानै नभएको) कामदारहरुले ४० देखि ५५ भारतीय रुपयाँ प्राप्त गर्छन | 

साँझ/बेलुकाको समय 

– ५:३० बजे – काम गरेको ठाउँबाट आफ्नो स्थानमा आउने 

– साँझ ६:००बजे सम्म डिनर खाने – तरकारी र रोटि 

* आइतबारको दिन कैदीलाई अन्य दिनभन्दा मिठो खानकुरा दिइन्छ | 

– साँझ ६ बजेदेखि ७ बजेसम्म : केहिबेर साझा हलमा गएर टिभी हेर्ने वा किताव पढ्न पाइन्छ |

– बेलुका ७ वा ८ बजेपछि विहानसम्म: सुत्ने समय 

* हप्ताको एक दिन सुत्नु अघि र सुतेर उठेपछि तौल नाप्ने गरिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने