2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् २०१८मा उत्कृष्ट बनेका वलिउड फिल्म

वैशाख २१ काठमाण्डौ | सन् २०१८ को शुरुवात मै प्रदर्शनमा आएका सयौं भारतीय फिल्महरुका भिडमा केहि फिल्महरुले दर्शकको मन जित्न सफल बनेका छन् | फरक कथा र फरक विषयवस्तु भएकै कारणले आलोचकहरुले समेत केहि फिल्मलाई उत्कृष्ट मानेका छन् |

दर्शकको मन जित्न सफल बनेको फिल्म मध्ये एउटा ‘बागी २‘ रहेको छ | बागीको सिक्वेलको रुपमा उक्त फिल्म साजीद नादिल्वालाको निमार्ण र अहमद खानले निर्देशनमा रहेको छ | टाइगर  सोर्फ़ र दिशा पट्नानीको मुख्य भूमिका रहेको उत्त फिल्मलाई फुल एक्शन मुभि मान्न सकिन्छ |

टाइगर सोर्फ़को कारणले दिशा पट्नानी ओझलमा परेता पनि जति उनले भूमिका गरेकि छिन् त्यो एकदमै उत्कृष्ट रहेको छ | टाइगरले एक आर्मी अफिसरको भूमिका रहेका छन् भने  दिशाले एक छोरीकि आमाको भूमिकामा रहेकी छिन | दिशाको छोरी हराएपछि टाइगर र दिशाले उनलाई खोज्न गरेको संघर्ष नै मुख्य कथावस्तु रहेको छ | एक्सन पक्षलाई उत्कृष्ट बनाइएको उक्त फिल्ममा अरु पक्षलाई सामान्य रुपमा देखाइएको छ | यो फिल्मको नेट कलेक्शन भने २ सय ४६ करोड गरेको छ |

त्यस्तै वलिउड अर्को फिल्म-हिच्की पनि दर्शकमाझ उत्कृष्ट बनेको छ | लामो समय देखि फिल्म क्षेत्रमा नदेखिएकी रानी मुखर्जी पनि ‘हिच्की’ मार्फत दर्शक माझ देखिएकी छिन् |

सिद्धार्थ माल्होत्रले निर्देशन उक्त फिल्म मनीष शर्माले निर्माण गरेका छन् | उत्त फिल्म ब्रद कोहेनको जीवन कथामा आधारित रहेको छ | फिल्ममा रानी मुखर्जीलाई एक शिक्षिकाको भूमिमा देख्न सकिन्छ | उनलाई तौरेत्ते स्यानड्रोम (बाडुल्की लाग्ने रोग) लागेको र उनले गरेको संघर्षलाई मुख्य कथावस्तुमा देखाइएको छ | यो फिल्मको उत्कृष्ट एक्टिङ नै मुख्य पक्ष रहेको छ भने फिल्मले ७५ करोड बराबरको नेट कलेक्सन  गरेको छ |

त्यस्तै अर्को फिल्म प्याड म्यानले पनि दर्शकको मन जितेको छ | अक्षय कुमारको मुख्य भूमिका रहेका उक्त फिल्ममा सोनाम कपूर र राधिका अर्पितले साथ दिएका छन् | ट्विकल खन्नाले निमार्ण गरेकी उक्त फिल्मको निर्देशन बाल्कीले गरेका हुन् | यो फिल्मको राम्रो पक्ष कथावस्तु रहेको भने फिल्मको सिनेमाटोग्राफी भने कम्जोर रहेको छ | फिल्मले नेट कलेक्सन १ सय ४१ करोड गरेको छ |

त्यस्तै २०१८ को सुरुवातमै प्रदर्शन भएको फिल्म ‘पदमावत’ले पनि दर्शकको मन जितेको छ  | 

संजयलीला भन्सालीको निर्देशन तथा निर्माण रहेको उक्त फिल्म राजपुत महार्सल रतन सिंह र उनकी रानी पदमावतीको युद्ध अनि सुल्तान अलाउद्दीन खिल्जीसंगको बिषयमा लिएर बनाएको छ | २ सय करोडमा निर्माण गरिएको थियो उत्त फिल्म अहिले सम्मको महँगो फिल्म भनिएको छ | दीपिका पादुकोण,रणवीर सिंह र शहिद कपूरको मुख्य भूमिका उक्त फिल्ममा  सुरुदेखि अत्यसम्म रणवीरको एक्टिङ मुख्य आकर्षणको पक्ष रहेको छ | उक्त फिल्मले ४ सय करोड नेट कलेक्सन गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई