2026-10-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस गुरुङ्ग ईन्टरनेशनल’ दोश्रो सिजन २०१८ को तयारी तीव्र

वैशाख २५ काठमाडौँ – मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यवस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ ।

लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल २०१८” को दोश्रो सिजन सुरु गर्न लागेको हो ।

गुरुङ्ग समुदायका युवती लक्षित तथा यस समुदायका कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना हुदै आएको छ । प्रतियोगिताका लागि नेपालका वरिष्ठ व्यक्तित्व एवं चर्चित कलाकारहरुको उपस्थितीमा आर्मी अफिसर्स क्लबमा भव्य रुपमा आयोजना हुने मिसेस गुरुङ्ग इन्टरनेशनल प्रतियोगीताको अडिसनका लागि देशका विभिन्न स्थान तय भएको छ

काठमाडौ लगायत देशका मुख्य शहर नवलपरासीको कावासोती, पोखरा,लमजुङ्ग, धरान, ईटहरी तथा नेपालगंजमा ईच्छुक गुरुङ्ग युवतीहरुको छनौट प्रक्रियाका लागि अडिसन राखिने मृगतृष्णा फेशन हाउसकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले जानकारी दिईन । 

हालै मात्र आफ्नो गृहजिल्ला कावासोतीमा पहिलोपटक फेशन शो आयोजना गरेर प्रशंसा कमाएकी तृष्णाले सोही स्थानको गुम्बाबाट जेष्ठ १२ गतेका दिन अडिसन राखेर मिस गुरुङ्ग ईन्टरनेशनलको लागि औपचारिक शुरुवात हुन लागेको प्रतियोगिताको व्यबस्थापकीय जिम्मा लिएको स्टायल एडीका अतीत लामा तथा दिपेश खड्काले जानकारी दिए ।

उक्त प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, पचास हजार नगद पुरस्कार, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर तथा मिस नेपाल सुगारिका केसी एवं ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

त्यसका अलावा फोटोसुट, ब्राण्ड टिसर्ट, आकर्षक गाउन उपलब्ध गराई नेपालका महत्वपूर्ण स्थलहरुको भ्रमण, सामाजिक कार्यमा समेत सहभागी गराईनेछ ।

दुवई भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव २० वटा भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर तृष्णा गुरुङ्गले आयोजना गरेकी मिस गुरुङ्ग ईन्टरनेशनलको पहिलो सिजनको सफलताबाट उत्साहित हुनुका साथै यस समुदायका युवतीलाई अन्तराष्ट्रिय रुपमा आफ्ना क्षमता प्रदर्शन गराउन र पहिचान दिलाउन यस प्रतियोगीतालाई निरन्तरता दिएको जानकारी दिईन । कार्यक्रमको प्रत्यक्ष प्रसारण सगरमाथा टेलिभिजन तथा स्थानीय टेलिभिजनबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने