2026-10-10 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेअघि नै गर्भवती भएका थिए यी ४ वलिउडका अभिनेत्रीहरु

फिल्मी दुनियाँमा अफेयर, ब्रेकअप, एक्स्ट्रा मेरिटल अफेयरसम्बन्धी हल्ला चल्नु, समाचार बन्नु सामान्य मानिन्छ । तर, कुनै हिरोइन विवाहअघि नै गर्भवती हुन्छिन् भने त्यसलाई चाहिँ फिल्मी–संसारभित्र पनि अलिक फरक कोणबाट हेर्ने गरिन्छ । गर्भनिरोधका लागि अनेक साधनको आविष्कार भएको आजको युगमा पनि कतिपय वलिउड नायिकाहरू विवाहअघि नै प्रेग्नेन्ट भएर चर्चामा आएका थिए ।

१.महिमा चौधरी


‘परदेश’जस्तो सुपर हिट फिल्म दिएकी महिमा चौधरीलाई हिन्दी सिनेमाका दर्शकले पक्कै भुलेका छैनन् । आफूलाई सिनेदुनियाँमा प्रवेश दिलाउने चर्चित निर्माता–निर्देशक सुभाष घईसँग महिमाको सम्बन्ध त्यसबेला पत्रपत्रिकाका लागि निकै रसदार मसला बन्ने गर्दथ्यो । घईसँगको सम्बन्धबारे अचाक्ली अफवाह चलेको सहन नसकी महिमाले एकाएक बाबी मुखर्जी आफ्नो ब्वाइफ्रेन्ड भएको र उसैसँग बिहे गर्न लागेको घोषणा गरिन् । तर, यसरी सार्वजनिक अभिव्यक्ति दिएको केही सातामै महिमा सन्तानकी आमा बन्न पुगेकी थिइन् ।

२.नीना गुप्ता


यस्तै अर्की पात्र नीना गुप्ताको कहानीचाहिँ अलिक दुःखदायी छ । सन् ८० को दशकमा भारतीय टेलिभिजनमा अत्यन्त छाएकी अभिनेत्री हुन् नीना । यिनको स्वभाव पनि अत्यन्त बोल्ड प्रकृतिको थियो । तर, त्यसबेला क्रिकेट प्रतियोगितामा सहभागी हुन भारत आएका वेस्टइन्डिजका क्रिकेटर विवियन रिचर्डसँग भेट भएको दोस्रो दिनमै अत्यन्त गहिरो प्रेम बस्न पुगेछ उनको । विवाहित विवियन पनि नीनाको प्रेममा डुबेर केही समय भारतमै बसे । तर, आफूले नीनासँग बिहे गर्न नसक्ने उद्घोष गर्दै उनी आफ्नो मुलुक फर्केपछि नीनाले निकै बदनामी झेल्नुपर्यो । अन्ततः उनी बिहेबिनाकी आमा बन्न विवश भइन् । 

३.जिया खान


सन् २०१३ जुन ३ मा भारतको मुम्बईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा अभिनेत्री जिया खानको शव झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो । भारतीय अभिनेत्री जिया खानले सुसाइड नोटमा गर्भपात गरेकी लेखेकी थिईन ।

उनले पंखामा झुन्डिएर आत्महत्या गरेकी थिईन । यस मामिलामा जियाका प्रेमी सूरज पञ्चोलीलाई हिरासतमा लिई प्रहरीले गहन अनुसन्धान गरेको थियो । जियाले आफ्नो सुसाइड नोटमा लेखेकी थिईन – आफ्नो बच्चालाई मैले मारिदिए जसको कारण मलाई गहिरो दर्द दिएको थियो ।

४.प्रत्युषा बनर्जी


भारतीय चर्चित टिभी सिरियल बालिका बधुमा आनन्दीको चर्चित भूमिका निभाएकी अभिनेत्री प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमा आत्महत्या गरी सनसनी मच्चाएकी थिइन । उनले आत्महत्या गर्नु अघि गर्भपतन गरिएको खुलासा भएको थियो । उनी आफ्नो प्रेमी राहुल राज सिंहबाट गर्भवती भएकी थिइन् ।

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने