2026-10-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल यूएस यो बर्ष ड्यालस टेक्ससमा हुने, बिजेतालाई $ ५ हजार डलरको छात्रवृत्ति

वैशाख २९, अमेरिका | अमेरिकामा सन् २०११ देखि मिस नेपाल यूएस(मिस नेपाल अमेरिका)सफलता पूर्वक सम्पन्न गर्दै आएको उक्त प्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको छ ।  

आयोजकले एक छापा बिज्ञप्ति मार्फत अमेरिकाका नेपाली समुदायले दिएको हौशला ,अपार माया, सद्भाव तथा सहयोग प्रति धन्यवाद दिएका छन् । यसलाई अझ व्यवसायिक तथा स्तरीय बनाउन झन्डै २ बर्ष खर्चिएको बताएका छन् ।  

उक्त छापा बिज्ञप्तिमा यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन अनुसन्धान र विशेषज्ञहरूसँग गहिरो परामर्श पछि मिस नेपाल यूएस छैठौ संस्करण गर्न तत्पर रहेको जानकारी दिएका छन् । 

यस वर्ष  नेपाल अमेरिका आगामी अगस्ट १९ ,२०१८ आइतबार हुने भएको छ । नेपाल 11 इन्टरटेन्टमेन्टको नयाँ व्यवस्थापन अन्तर्गत ड्यालस टेक्ससमा आयोजित गरिने भएको छ। नेपाली मूलका १८ देखि २५ बर्ष उमेरका महिलाले यो प्रतियोगितामा सहभागिता लिन पाउने छन् । 

विजेतालाई अध्ययनको लागि $ ५ हजार को आकर्षित छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम चरणमा विशेषज्ञहरुको साथमा बिस्तृत प्रशिक्षण प्राप्त गर्ने छन् ।

आयोजकले अमेरिकामा संचालनमा रहेका सबै संचार माध्यमलाई यसको प्रचार प्रसार गर्न आग्रह गरेका छन् । साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्नका लागि अनुरोध समेत गरेका छन् । 

बिस्तृत जानकारीको लागि कृपया आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने