2026-09-14 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

५ नं. प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता अर्घाखाँचीमा

जितेन्द्र खत्रि | जेष्ठ ११, अर्घाखाँची | नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले कलासंस्कृति समाजको महत्वपुर्ण अंग भएकोले यसको संरक्षणकोलागी ध्यानदिनुपर्ने बताउनु भएको छ । 

अर्घाखाँची कलाकार समाज काठमाण्डौको आयोजनामा आजबाट सुरु भएको सिटी एक्सप्रेस ५ नम्बर प्रदेश स्तरीय खुल्ला दोहोरी गित प्रतियोगीताको उद्घाटन गर्दे सांसद रायमाझीले यस्तो बताउनु भएको हो । ईतिहासको जगमा टेकेर लोकसंस्कृतिको बिकास गर्नु आजको आबश्यकता भएको बताउदै सांसद रायमाझीले देशको बिकास र समृद्धीको लागी सबै एकजुटहुनुपर्ने बताउनु भएको हो । त्यस्तै कार्यक्रममा मनतब्य राख्दै प्रदेश सांसद चेतनारायण आचार्यले कलासंस्कृतिको माध्यमबाट जिल्लालाई चिनाउन यसप्रकारको कार्यले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । अर्का प्रदेश सांसद रामजी घिमिरेले लोकसंस्कृतिको नाममा बिकृति फैलाउन नहुने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा प्रदेश सांसद निर्मला क्षेत्री,जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल लगायतले मनतब्य राख्दै कला संस्कृतिको माध्यमबाट जिल्लालाई देशबिदेशमा चिनाउन सहयोग पुग्ने भन्दै यसको बिकासमा लाग्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा जिल्लाका पुराना बिभिन्न बिधाका स्रष्टाहरुलाई सम्मान समेत गरीएको थियो । 

कार्यक्रम समाजका अध्यक्ष मधुसुधन बन्जाडेको अध्यक्षता,बरीष्ठ उपाध्यक्ष जिबन परीयारको स्वागत मनतब्य र सचिब बिश्वास नेपालको सन्चालनमा सम्पन्न भएको हो । प्रतियोगीतामा ५ नम्बर प्रदेशका बिभिन्न जिल्लाका १२ टिमको सहभागीता रहेको छ, प्रतियोगीता ३ दिन सम्म सन्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले