2026-10-10 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिसेस तामाङ २०१८ को ताज पाल्साङ तामाङलाई

जेठ ११, काठमाडौँ | मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को ग्राण्ड फिनालेमा फस्ट रनरअप निरु थिङ तामाङ, सेकेन्ड रनर अप पेमा तामाङ, थर्ड रनरअप सुनिता तामाङ र फोर्थ रनरअप सञ्जिता ङार्थेन तामाङ भएकी थिइन । उनीहरूले क्रमश नगद ५०, ३५ र २५ हजार जितेका छन् । राजधानीको राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न तामाङ्ग समुदायका विबाहित महिलाहरुको लागि आयोजित सौन्दर्य प्रतियोगीतामा फस्ट रनरले बेष्ट एक्टिभ, थर्ड रनरका सुनिता तामाङ्गले बेष्ट फोटोजेनिक र फेसबुक च्वाईसमा सब टाइटल जितेकी थिइन भने फोर्थ रनरका सञ्जिताले पपुलर च्वाइस र बेष्ट ब्युटी हेयरका सबटाइटल जितेकी थिइन ।

सौन्दर्य प्रतियोगिता मध्ये लोकप्रिय रहेको मिसेस तामाङ्गको दोश्रो संस्करणका निणार्यकहरुमा वरिष्ठ संचारकर्मी अशोक प्यासी राई, वाइबा सामाजका अध्यक्ष बिगेन्द्र एस वाइबा तामाङ, लाप्साङकार्पो म्युजिक सेन्टर प्रबन्ध निर्देशक रोशन फ्युवा, संचारकर्मी तथा आर्टिष्ट नेपाल मिडिया ग्रुपका सिईओ राज लुईटेल तथा २०१७ का मिसेस गुरुङ विजेता सुमना गुरुङ्ग रहेका थिए ।  

​कानून, न्याय तथा संसदीय ब्यबस्था मन्त्री शेर बहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगीहरुले आफ्ना मौलिक भेषभुषामा प्रस्तुत भै आकर्षक प्रस्तुती समेत दिएका थिए । विशेष अतिथी पूर्व संस्कृति उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ र पूर्व कानूनी राज्यमन्त्री दिलमान पाख्रिन लगायत नेपालका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेका उक्त प्रतियोगितामा चर्चित जादुगर तथा कलाकार हाहायोयो महादेव त्रिपाठीको नृत्य तथा कमेडी एवं अन्य कलाकारहरुको आआफ्ना नृत्य र गायनले कार्यक्रममा रौनकता थपिएको थियो । सोही अवसरमा संयुक्त अपाङ्ग आवाज केन्द्रका तिल बहादुर कार्कीलाई आयोजक शान्ता लामाले नगद तिस हजार सहयोग प्रदान गरेकी थिईन ।

कार्यक्रममा बोल्दै आयोजक संस्था एसके इन्टरटेन्टमेन्टका अध्यक्ष,नायिका तथा समाजसेवी शान्ता लामाले “विवाहित महिलाहरूको दक्ष, क्षमता, भाषा, संस्कृति सम्बन्धी उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको ” बताइन् । “बिवाहित तामाङ्ग समुदायका महिलाहरुका प्रतिभा निखार्ने आफ्नो समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गरिएको ” आयोजक शान्ताले सोहि अवसरमा बताईन । उर्वान होम्सको मुख्य प्रयोजन रहेको मिसेस तामाङ्ग २०१८ मा उपस्थित भै कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम चर्चित फेशनविज्ञ तथा प्रतियोगिताका कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेका थिए ।

प्रतियोगिताको फोटोग्राफी आर्टिष्ट नेपाल र प्रत्यक्ष प्रसारण मेघा टेलिभिजनबाट गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु