2026-10-10 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘अमेरिका बोइज’ शुक्रबारदेखी प्रदर्शनमा

जेठ २० काठमाण्डौ | प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रबारदेखी  प्रदर्शनमा  आएको छ।  चलचित्र ‘अमेरिका बोईज ’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । शुक्रबार र शनिबार हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधीकांस दर्शकहरुले ‘फिल्म रमाईलो र राम्रो छ’भन्ने बताएका छन ।करिब २ घन्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ । 

हिरा र चिठ्ठा परेको टिकट फिल्मको मुख्य कथा हो । फिल्ममा अमेरिकाको डीभी पर्यो भनेर घरबाट ३–३ लाख रुपैयाँ मगाएर काठमाण्डौमा मोज गर्ने ३ यूवाको कथालाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । वास्तवमा फिल्ममा पस्किएका मसलाले दर्शकले फिल्म हेरुन्जेल कही कतै दिक्क र अल्छी मान्ने दृश्य भेटिदैन ।कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शकलाई हँसाउदा हँसाउदै कुनबेला रुवाउछ पत्तै पाईदैन । 

फिल्ममा मुख्य गरेर यूवाहरुले भोगेको पीडा र गलत काम गर्दा बेहोर्नु पर्ने समस्यालाई समेट्ने प्रयास गरिएको छ ।  

‘अमेरिका बोइज’ प्रवेश पौडेलको पहिलो निर्देशकिय फिल्म हो । फिल्म मुख्यतः अभिनेता अर्पण थापा, कलाकार अभय बराल र अशिष प्रसाईंको वरपर घुम्दछ । यी तीन पात्रले दर्शकलाई हँसाउँदै अन्त्यमा रुवाएका छन् ।नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् ।अभय र आशिष ।पनि आफ्नो भूमिकामा जमेका छन् । कमेडी जनरा भएकाले पनि होला फिल्ममा कमेडी उत्कृष्ट छ । 

यी सँगै अभिनेता हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायत कलाकारहरुको अभिनय छ । नव नायिका सृष्टि केसीले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।‘अमेरिका बोइज’ प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेलको संयुक्त लगानीमा निर्माणमा बनेको फिल्म हो । दर्शक प्रतिक्रियाबाट हलमा दर्शक बढ्ने निर्माण पक्षले आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार