2026-10-10 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘अमेरिका बोइज’ देशभरका सिनेमा घरमा (भिडियो)

जेठ २२ काठमाण्डौ | यतिबेला चलचित्र ‘अमेरिका बोइज’ देशभरका सिनेमा घरमा लागिरहेको छ । सोमबार दिवा समयमा राजधानीमा रहेको कुमारी हलमा फिल्मलाई नेपाली सिने उद्योगका सेलिब्रेटीले दर्शकसँगै बसेर फिल्म हेरे । दुई घण्टा १५ मिनेट लामो फिल्म हेरेर निस्किएका बरिष्ठ हास्यकलाकार किरण केसी ‘रातामकै’ ले ‘अमेरिका बोइज’ को मुक्तकण्ठले प्रसंशा गरे । उनले भने, ‘मलाई स्क्रिन प्ले धेरै राम्रो लाग्यो । मलाई यो चलचित्रको निर्देशकबारे केही थाहा थिएन । 

फिल्मले बलजफ्ती कहि कतै हँसाएको छैन । म यो चलचित्रलाई हन्ड्रेडमा हन्ड्रेड नम्वर दिन्छु । यदि फिल्ममा स्टारकास्ट भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।’ कलाकार केसीले यो फिल्म हेरिरहदा आधा सेकेण्ड पनि आफूलाई कहि कतै बोर फिल नभएको भन्दै दर्शकलाई एकपटक हल गएर हेर्न अनुरोध समेत गरे । यता बरिष्ठ पत्रकार तथा निर्देशक विजयरत्न तुलाधरले चलचित्र निकै रोचक लागेको प्रतिक्रिया दिए । उनले फिल्मले उठान गरेको विषय गम्भिर तर प्रस्तुतिकरण हास्य रसले भरिएको तर्क गरे । त्यस्तै निर्देशक तथा कलाकार निश्चल बस्नेतले फिल्म निकै रमाइलो लागेको बताए । 

उनले थपे, ‘धेरै फिल्मबाट प्रस्तुतिकरण कलाकारको काम चित्त नबुझ्ने भइराको हुन्छ । यो मुभि हेर्दा चाहि त्यो फिल हुँदैन । इमोशनल जर्नी राम्रोसँग मेन्टेन ग¥याछ । निर्देशक प्रवेश पौडेलले गरेको काम एकदम चित्त बुझ्याछ । 

आगामी दिनमा अझ यो भन्दा बेटर फिल्म बनाउछ भन्ने विश्वास लागेको छ । मलाई लाग्छ दर्शकले एकचोटी हेर्दा राम्रो हुन्छ ।’ उनले कलाकारको काम एकदमै राम्रो रहेको भन्दै कामेश्वर चौरासियाको क्यारेक्टर अझ मन परेको बताए । सञ्चारकर्मी नरेश भट्टराईले फिल्मले हास्दा हास्दै सकिने बेलामा भावनात्मक बनाएको भनाइ राखे । यतिको रमाइलो फिल्मलाई दर्शकले हेर्न छुटाउनु नहुने भन्दै सबैलाई फिल्म हेरिदिन नरेशले आग्रह समेत गरे । 

उता नायिका सारा सिर्पालीले ‘अमेरिका बोइज’ इन्टरटेन्मेन्ट र इमोशनल दुवैको प्याकेज भएको बताइन् । गायक विश्व नेपाली र सन्तोष लामाले फिल्मको सांगीतिक पक्ष पनि उतिकै सशक्त रहेको तर्क गरे । दर्शक समक्ष यो फिल्म राम्रो छ भन्ने सन्देश पुग्न आवश्यक रहेको यि दुईको आशय थियो । त्यसो त फिल्मको स्टोरी आफूहरुलाई एकदमै मन परेको सन्तोष र विश्वले बताए । 

चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाई, सन्दीप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, कामेश्वर चौरासिया, श्रृष्टि कार्की लगायतको अभिनय रहेको छ । फिल्मका कलाकार कामेश्वरले अब धेरै बोल्नु भन्दा दर्शकले फिल्म हेर्दा नै राम्रो हुने बताए । उनले आफ्नो चरित्र दर्शकलाई कन्भिन्स हुने खालकै रहेको बताए । फिल्ममा खेल्ने अर्का कलाकार अभय बरालको क्यारेक्टर निकै हार्ट टचिङ रहेको भन्दै उनी इमोशनल समेत भए ।

 यता हास्यकलाकार सन्दीप क्षेत्रीले होल टिम नै राम्रो भएका कारण प्रोडक्ट राम्रो निस्किएको दाबी गरे । उनले विगत स्मरण गर्दै भने, ‘मलाई सिनेमा खिच्ने बेलामै राम्रो हुन्छ भन्ने लागेको थियो । तर उतिकै नर्भसनेस पनि थियो । मैले मेरो चलचित्र भएर भनेको होइन । वास्तवमै अमेरिका बोइज राम्रो चलचित्र बनेको छ । सुनिल थापा, हरिहर शर्मा जस्तो सिनियर आर्टिस्टसँग काम गर्न पाउनु यो आफैमा ठूलो उपलब्धि हो मेरो लागि । अर्पण, कामेश्वर र अभयसँग काम गर्दा फ्रेसनेस चिज धेरै सिक्न पाए । ओभरल फिल्मको जर्नी नै एकदमै रमाइलो छ ।’ टेलिभिजनमा देखिएको भन्दा फरक रुपमा आफूलाई दर्शकले हेर्न पाउने सन्दिपको भनाइ थियो । 

उनले यो चलचित्रमा अर्पण र कामेश्वर भएकाले गर्दा पनि सुरुवातमा फिल्ममा आबद्ध हुन आफू एग्री भएको रहस्य खोले । साथै अर्पणको एक्टिङको आफू ठूलो फ्यान रहेको कलाकार क्षेत्रीले बताए । चलचित्रका अर्का दुई कलाकार अभय र आशिष दर्शक र शुभेच्छुकबाट पाएको साथ र मायाले मख्ख थिए । 

फिल्मले अमेरिका जान चाहने तीन युवाको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । प्रवेश पौडेल निर्देशित फिल्ममा विवेक पाण्डेको पटकथा तथा संवाद रहेको छ । फिल्मलाई चलचित्रकर्मीले मात्र होइन दर्शकले समेत उति नै मनपराएका छन् । जेठ १८ रिलिज फिल्मले क्रमश हलमा दर्शक साथ पाउदै गएको छ । सिबर्ड पिक्चर्स र बडी इन्टरटेन्मेन्ट प्रस्तुत सोसियल कमेडी जनराको यो चलचित्रलाई प्रकाश भूजेल र इन्द्र प्रसाद खरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार