2026-08-20 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु

असार १७, काठमाडौं – बिगत ४ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ ।  आइतबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल्सले ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्य यस प्रतियोगिताले राखेको छ ।

प्रतियोगीताको पहिलो अडिसन आउँदो ५ साउनबाट काठमाडौदेखि सुरु हुँदैछ । काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान , चितवन हुँदै पुन काठमाडौमा आएर सकिनेछ । १८ बर्षदेखि २८ बर्षसम्मका अबिबाहित युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगीतामा केटा प्रतियोगीतको उचाही ५ फिट ८ इन्ट र केटी प्रतियोगीताको उचाही ५ फिट ४ इन्च अनिबार्य हुनेपर्ने आयोजकको प्रावधान छ । 

प्रतियोगीताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिमस्पर्धाका लागि नेक्स्टमोडल्स नेपालका अध्यक्ष रबि धमलाले जानकारी दिए । उनले भने ‘पहिलो चरणबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ ।’

इन्टरनेसनल मल्टीटक्स अवार्ड बिजेता रोजिन शाक्यको कोरियोग्राफी रहने प्रतियोगीतामा पुर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, चर्चित फोटोग्राफर राजभाई सुवाल, नेपालका पहिलो अन्तराष्ट्रिय मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केसरी शाह लगायतले अन्तिम प्रतियोगीलाई प्रशिक्षण दिनेछन् । 

मोडलिङ सम्बन्धि यो एक मात्र उत्कृष्ट प्रतियोगीता भएकोले चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनलाई पनि अवसर प्रधान गरिनेछ । प्रारम्भिक अडिसनमा फोटोसुट, र्याम्पवाक, एक्सप्रेसन, एटिट्युट लगायत शिर्षकमा प्रतियोगीको मुल्याङकन हुनेछ । 

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण लिनेछन् । 

भदौको अन्तिमसाता सोल्टी क्राउन प्लाजमा फाइन हुने प्रतियोगीताको शिर्ष बिजेताले नगद १ लाख र उत्कृष्ट तीन भित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सहभागीको अवसर प्राप्त गर्नेछन् । प्रतियोगीताको पुरुष बिजेताले चिनमा आयोजना हुने ‘मिष्टर ओसिस’ र महिला बिजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने बिभिन्न फेसन शोमा समेत सहभागीको अवसरका साथै बिभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोकले जनाएको छ । \

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन्