2026-10-10 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईका बिभिन्न हलमा नेपाली चलचित्र ‘शत्रु गते’ पर्दशनी हुँदै

असार २६, काठमाडौँ | सर्वाधिक बहुप्रतिक्षीत नेपाली  चलचित्र  ‘शत्रु गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र  हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल चलचित्र  ‘ शत्रु गते’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।

नेपालमा दर्शकले मन पराएको चलचित्र ‘ शत्रु गते ’ पछिल्लो समय संयुक्त अरब ईमिरेट्सका दर्शकको सबै भन्दा धेरै माग भएको चलचित्र हो । नेपाली चलचित्र मध्ये उच्च कमाइ गर्ने मध्येको ‘ शत्रु गत ’ युएईका बिभिन्न शहरका १५  सिनेमा हलमा लाग्ने भएको छ ।

चलचित्र १२ जुलाईमा  युएईको दुबई , अबुधाबी, अजमान, रसअलखेमा, फुजेराहलगायत ठाउँका बिभिन्न  सिनेमा हलमा प्रदर्शन हुनेछ ।

नेपाली चलचित्र ‘शत्रु गते’ युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र  प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा देश बाहिर  नियमित प्रदर्शन हुने बाताबरण बनाइएको कम्पनीका युएई प्रतिनिधि रमेश ढकालले बताए ।

‘ शत्रु गते’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत चलचित्र  विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

चलचित्र मा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । नेपाल लगाएत बिदेशमा समेत सफल पर्दशनी भई सकेको यस चलचित्र यस बर्ष  सर्वाधिक कमाई गर्ने दोश्रो ठुलो नेपाली चलचित्र हो ।

युएईमा गत २०१६  अक्टोबर १४ तारिक देखि  नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो । बिरबिक्रम , छक्कपन्जा ,जात्रा , लुट २ , सकुन्तला लगाएतका नेपाली चलचित्र पर्दशनी भए पछि  बिभिन्न कारणले युएईमा नेपाली चलचित्र पर्दशनी स्थगित भएको थियो । पुन नियमित चलचित्र पर्दशनीको लागि सम्पूर्ण तयारि सकिएको  युएईमा नेपाली चलचित्र पर्दशनीको बाताबरण मिलाएको कन्सेप्ट भिजन चलचित्र  प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए ।

मध्यपूर्वमा नेपाली चलचित्र पर्दशनी संगै नेपालमा रहेका नेपाली माझ मात्र खुम्चिरहेको चलचित्रको बजार अन्तराष्ट्रिय स्तरमा फैलाउन मद्त पुगेको कन्सेप्ट भिजन चलचित्र  प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले बताएको छ  । देश बाहिर नेपालीको धेरै संख्या खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला, सांस्कृति र साहित्यतर्फ चासो बढी राख्ने गर्छन । युएईपछि कतार, बहराइन, ओमन लगाएतका देशमा पनि आफ्नो संस्था कन्सेप्ट भिजन चलचित्र  प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले जनाए ।

चलचित्र ‘शत्रु गते’को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई ५ तारिक देखि पर्दशनी तयारि गरेर प्रचारप्रसार गरिरको भए पनि बिबिध कारणले तयारी नसकिएकाले पर्दशनी मिति परिबर्तन गरेर जुलाई १२ तारिक बनाइएको कम्पनीका प्रतिनिधि रमेश ढकालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु