2026-10-10 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल नर्थ अमेरिकाकि आधिकारिक होस्ट नग्मा श्रेष्ठले गर्दै

विजय थापा | असार ३०, अमेरिका | अमेरिकाको न्यू योर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि प्रथम मिस नेपाल युनिभर्स’ नग्मा श्रेष्ठ आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ । उनलाई मिस नेपाल नर्थ अमेरिका २०१८ ले हालसालै नियुक्त गरेको आफ्नो आधिकारिक सञ्जाल तथा सामाजिक संजाल मार्फत अधिकारिक रुपमा सार्बजनिक गरेको छ ।  

काठमाडौँमा द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ लाई पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको थियो । 

मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि मिस युनिभर्समा नेपालबाट सहभागिता हुन् सकेको थिएन। गत बर्ष सन् २०१७ को मिस नेपालको आयोजना भए सँगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त उपाधि दिदै मिस युनिभर्समा पठाएको थियो । 

यसै गरि उनि मिस युनिभर्समा सहभागी हुन नग्मा गत बर्ष नोभेम्बर ५ मा अमेरिका आएकी थिइन् । २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्स मा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तरराष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् । 

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनि कार्यक्रम प्रस्तोता, मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् । 

यसको साथै मिस नेपाल नर्थ अमेरिकाको नेपालका प्रसिद्ध तथा चर्चित डिजाइनर्स (रूपकार )मा स्वेता आचार्य तथा ममता गुरुङ जोशीलाई आधिकारिक डिजाइनर्स (रूपकार)लाई नियुक्त गरेको छ । 

स्वेता आचार्य अमेरिका मै केहि बर्ष अध्ययन गरेर हाल नेपालमै भेषभुषाको क्षेत्रमा होमिएकी छिन् भने २३ बर्ष कै उमेरमा उनले आफ्नो आफू भित्र रहेको शीप र कलाको माध्यमद्वारा आफ्नो नाम स्थापना गर्न सफल रहेकी छिन् । 

यसै गरि ममता गुरुङ जोशी मिम्ज नामकारण स्थापित गर्दै आफ्नो चिनारी बनाउन सफल भएकी छिन् भने उनले आईईसी बाट फेशन डिजाईनिङ्ग ईन्सटिट्युट (संस्था )बाट शिक्षा प्राप्त गरेकी छिन् । यसको साथै उनले टिजीआइएफ सप्ताहमा आफ्ना सङ्कलन प्रस्तुति गरि चर्चा कमाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु