2026-07-02 10:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराउँदै मौलिक नेपाली गीत

2018-07-21

मीना घोरसाइने | काठमाडौँ, ५ साउन | 

“केटाहरु नबन सोझो, 

फुच्ची केटीहरुले न्यू खोजो” 

प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपना हराउँदै गएको स्पष्ट रुपमा देखिन्छ । 

लोकसंगीतका पारखी चाबहिल निवासी २३ वर्षीया सृष्टि नेपाल पछिल्लो समयमा यस क्षेत्रमा देखिएको विकृतिका कारण लोकगीतप्रतिको आफ्नो मोह घट्दै गएको बताउनुहुन्छ । “आजभोलि बजारमा आएका गीत सुनिनसक्नुका छन् ”, नेपालको बुझाइ छ । 

बजारमा आएका नयाँ छाडा गीतले नेपाली पहिचान गुम्दै गएकामा उहाँले दुखेसो व्यक्त गर्नुभयो । “आजकलका गीत त सुन्न पनि छाडिसकेँ” उहाँ भन्नुहुन्छ । 

“छाडेर काम सारा, एक काम रोजिरहेछु, 

यो देशमा म एउटा मानिस रोजिरहेछु ।” 

गायक शिशिर योगीले गाएको यो गीत अहिले पनि निकै लोकप्रिय छ । हरेक मानिसको मुख मुखमा देशभक्तिका यस्ता गीत झुण्डिरहन्छन् । योगीको यो गीत विसं २०७० मा डिजिटल माध्यममा देखिन थालेपछि झन् चर्चामा आउन थालेको छ । यो गीतलाई युटुबमा हालसम्म करीब ६८ हजारले हेरेका छन् । 

डिजिटल प्रविधिको विकास नहुँदा विगतमा यस्ता पुराना शैलीका गीतहरु संग्रहित गर्न निकै कठिन थियो । समीक्षक राम सहयात्रीले साँच्चिकै मार्मिक शब्द अनि स्वर भएको उत्त२m गीत सुनेपछि मनमा कताकता सिरिङ्ग भएको र आफू शिशु नै पो भएको जस्तो आभास भएको बताउनुभयो । अहिले त्यस किसिमका लोक मौलिकता बोकेका गीतसंगीत थोरै मात्र बन्न थालेका छन् । अहिले देशभक्तिका भन्दा पनि प्रेमसँग जोडिएका गीत बढी सुनिन थालेका छन् । 

नेपाली गीतसंगीतका लागि लामो समयदेखि काम गरिरहनुभएका वरिष्ठ संगीतकार शक्तिबल्लभ भन्नुहुन्छ, “नयाँ गीतसंगीतमा जति सिर्जनात्मकता चाहिने हो, त्यो अहिले छैन,” उहाँ थप्नुहुन्छ, “गीतको भिडियो बनाउने कुरामा र शब्दको चयनमा स्रष्टाले ध्यान दिनुपर्छ ।” उहाँका अनुसार नेपाली गीतसंगीत दीर्घकालीन समयसम्म पनि छाप बस्ने खालको हुनुपर्छ । अहिलेका गायक, संगीतकार, रचनाकार र भिडियो बनाउने व्यक्तिले राष्ट्रियताको सन्देश दिनेभन्दा पनि छोटो समयका लागि मात्र निर्माण गर्ने गरेको उहाँको बुझाइ छ । नयाँपुस्ताले नेपालीपनलाई बढी ध्यान दिनुपर्ने र छायाङ्कनमा पहिरनमा नेपालीपन झल्कनुपर्ने उहाँ बताउनुहुन्छ । 

जति पुराना गीतप्रति सकारात्मक विचार पुराना पुस्तामा पाइन्छ, त्यो पटक्कै अहिलेका धेरैजसो गीतमा पाइँदैन । पहिले लेखिएका गीतका शब्द सुन्नलायक थिए, त्यो अहिलेका गीतमा भेट्टाउनै मुश्किल रहेको केहीको भनाइ छ । विशेष गरी लोकगीत त सुन्नलायक नै छैनन् । “बल्ल प¥यो निरमाया माकुरी जालैमा’, ‘खैरेनीमा गेट’, ‘घुम्तीनिर भेट भयो’ लगायत गीतले जति हाम्रा मौलिक लोकगीत जोगाएका थिए, त्यति अहिलेका लोकगीतमा पाइँदैन । 

नेपाली गीतसंगीतप्रति ज्यादै रुचि राख्ने काठमाडौँ चाबहिल निवासी सीआर बस्नेत बढी पुराना गीतसंगीत सुन्न रुचाउनुुहुन्छ । “नयाँ शैलीका गीतसंगीत खासै सुन्नलायक नै छैनन्”, बस्नेतले भन्नुभयो । ‘साह्रै जाडो भो’, ‘साँढे गोरु’, ‘पीरतिमा दम छ’, ‘चालु रैछ यार’, ‘तिम्रै यादमा’, ‘झ्याप्पै माया लाउने’ लगायत लोकगीत भनिएका गीतमा लोक मौलिकपना पाउन नै मुश्किल रहेको उहाँ बताउनुहुन्छ । 

“पुराना मौलिक गीत भन्नेबित्तिकै तिनीहरुले समाजमा केही न केही लोक मौलिकपना बोकेका हुन्थे”, उहाँ थप्नुहुन्छ, “नयाँ गीतहरुमा नेपालीपन नै छैन ।” ‘ज्यान त टाढा छ, तर बिरानो नसम्झ माया गाढा छ’ गीतमा जति मौलिकपना र शब्द पनि सुनिरहुँ जस्तो लाग्ने छ, अहिलेका गीतमा वासनात्मक कुरा बढी घुसाएकाले लोकगीतप्रतिको मानसिकतामा समेत परिवर्तन आएको उहाँले महसुुस गर्न थाल्नुभएको छ । 

पहिलेका गीतमा बनाइएका भिडियोमा महिलाको पहिरन पनि हेर्नलायक थिए । तिनीहरुले नेपाली संस्कृतिलाई जोगाएका थिए । अहिले गुन्युचोलीबाट बदलिएर महिलाले छोटाछोटा पहिरन लगाएको पाइन्छ जुन संस्कृति हाम्रो नभएको जानकार बताउँछन् । 

नेपाली संस्कृतिमा अहिले पाश्चात्य संस्कृति घुसेको प्रष्टै हुन्छ । प्रायःनग्नताले संगीत बिक्छ भन्ने धारणा अहिलेका निर्मातामा पाइने लोकगीतका पारखी बताउँछन् । अहिले सुन्नेभन्दा हेर्ने गीत आएको भनी अहिलेका छाडा गीतहरुप्रति नकारात्मक दृष्टिकोण बढिरहेको छ । स्वतन्त्र नेपाली गीतमा भन्दा पनि नेपाली चलचित्रमा लोकगीत घुसाउने गरेको पाइन्छ । ‘सान्नानीलाई भेट्न आउँदा रातै प¥यो बाटैमा’, ‘कुटुमा कुटु सुपारी दाना’ लगायत नेपाली चलचित्रको गीतमा नायिकाले गुन्युचोलो लगाएका छन् । तिनका दाँजोमा अचेल गाइने प्रायः लोकगीतमा उच्छृङ्खल शब्दको प्रयोग बढी छ । 

“पहिलेका नेपाली गीतमा छुट्टै खालका मीठास हुन्थे,” लोक, आधुनिक र भजनगायिका ज्ञानु राणा भन्नुहुन्छ, “अहिलेका नेपाली गीतले हाम्रो संस्कृति नै हराउँदै गएको आभास हुन्छ ।” नयाँ गीत कुनै यथार्थमा भन्दा पनि काल्पनिकतामा रच्ने गरेको अनुभव उहाँको छ । गीतको रचनाका लागि समाजसँग भिज्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ । पहिले गीतको बजार सानो थियो, तर अहिले यो एउटा यो ठूलो उद्योगको रुपमा स्थापना भइसकेपछि प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको उहाँको अनुभव छ । 

पहिले गीतको बजार सानो भएको तर अहिले यो एउटा यो ठूलो उद्योगको रुपमा स्थापना भइसकेपछि प्रतिष्पर्धाका नाममा विकृति भित्रिएको संस्कृतिविद् बताउँछन् । कुनै गीतका शब्द राम्रा भए पनि छायाङ्कनमा पहिरनको छनोट राम्रो पाइँदैन । ‘तरकारी काउली बसी बसी खाउली’– कृष्ण समीप सुवेदीको यो गीतमा केही मौलिकता पाइए पनि पहिरनको छनोट भने सुहाउँदो छैन । सो गीतमा दिलीप रायमाझी र सावित्रा भुजेलको अभिनय छ । युट्युबमा सो गीतका विषयमा यस्तो प्रतिक्रिया छ, “गीतको सबै पक्ष राम्रो छ तर अभिनय गर्ने केटीको कपडाले पाउनुपर्ने नम्बर पाएन ।” नेपाली संगीतमा नयाँपन ल्याउँदै राष्ट्रियता बचाउने गीतमा नयाँपुस्ताको ध्यान बढी जानुपर्ने विज्ञको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध