2026-11-25 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु

मंसिर २०, डोटी | डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो। सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहेका छन्। त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहेका छन्। चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र सङ्गम लगायतका कलाकारहरुको सहभागिता रहेको छ।

चलचित्रको नामकरण र कथावस्तु दिपायलकै सेरोफेरोमा आधारित रहेर तयार पारिएको निर्माता-अभिनेता बोहराले बताए। भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको उनले बताए। परापूर्वकालमा राजा दिलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ। सो गाईद्वारा नै दूधको धारा दिइरहेको ठाँउमा भेटिएको जोतिर्लिङ्गको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलीपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ। 

सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ। यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ। मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’ (चप्पल) सुरक्षित राखिएको छ। सोही नन्दिनी गाईको सिङलाई आधार बनाएर कथावस्तु तयार पारी चलचित्र निर्माण हुनलागेको निर्माता बोहराले बताए।

उनले भने, “चलचित्रको कथा त्यसै सिङको वरिपरि घुमाएका छौँ, यहाँको ऐतिहासिक पक्षलाई ध्यान दिएर दिपायलको प्रचारप्रसार गर्नेछौँ।” चलचित्रको ६० प्रतिशतभन्दा बढी छायाङ्कन दिपायल क्षेत्रमा गरिने जनाइएको छ। त्यसबाहेक, शैलेश्वरी मन्दिर, धनगढी, जोरायल र खप्तड क्षेत्रमा पनि छायाङ्कन हुने निर्देशक बाबु थिङले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी