2026-10-11 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षा राउतले सामाजिक सञ्‍जालमा गाली खाएपछि गल्ती स्वीकार्दै भनिन्, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो’

जेठ ११, काठमाण्डौ । नायिका वर्षा राउतले आफू राष्ट्र र राष्ट्रियताप्रति प्रतिवद्ध रहेको बताएकी छन् । नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि चर्को गाली खाएकी थिइन् । 

उनले सामाजिक सञ्‍जालबाट गरिएका भद्दा गालीले आफूलाई भावनात्मक ठेस पुगेको पनि गुनासो गरेकी छन् ।  ‘हो, म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन’, उनले भनेकी छन्, ‘अलिकति पनि माथि-तल परेकी छैन । 

संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिको माया हुँदैन होला र? आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ।’ बर्षा राउतले भारतीय साथीको चिन्ता गर्दा गालीको वर्षा उनले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर नक्सा जारी गरेर नेपाल सरकारले कर्तव्यनिष्ठता देखाएको पनि बताइन्। 

राउतले आफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार रहेको पनि दाबी गरेकी छन्।  ‘यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन्’, उनले भनेकी छन्, ‘जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दबाट देखिन थालेको छ। यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यति भन्‍न खोजेकी हुँ।’ राउतले आफूले सीमा विवादबारे गल्तीवश बोलेको स्वीकारेकी छन्। अबदेखि बोल्न बोल्दा विचार पुर्‍याउने पनि उनले बताएकी छन् । ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला। जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान्’, उनले भनेकी छन्, ‘यस्तो परिस्थिति खडा हुन पुगेकोमा क्षमाप्रार्थी छु। अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्नेछु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध