2026-10-11 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेताहरु अमिताभ र अभिषेक बच्चनमा कोरोना पुष्टि, मुंबईको नानावती अस्पतालमा भर्ना

असार २८, काठमाडौँ | बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको पुष्टि बच्चनको आफ्नै आधिकारिक ट्वीटर र फेसबुक मार्फत बच्चन आफैले जानकारी गराएका छन् । ७७ वर्षका बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । यस सम्बन्धमा भारतीय संचार मध्यमहरुले समाचार लेखेका छन् । 

बच्चनले सामाजिक संजालबाट आफ्ना समर्थकहरुलाई जानकारी गराउदै लेखेका छन् – ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ ।’ 

बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसंगै उनको परिवार तथा पछिल्लो १० दिनमा बच्चनसँग जोडिएका अन्यको कोरोना टेस्ट गर्न बच्चनले आग्रह गरेका थिए ।  त्यस क्रममा अमिताभका छोरा अभिषेक बच्चन समेत कोरोना संक्रमित भएका छन् । छोरा अभिषेकलाई पनि मुम्बईको नानावती अस्पतालमै भर्ना गरिएको छ । 

अभिषेक बच्चनले पनि आफूमा कोरोना संक्रमित भएको जानकारी ट्वीट गरेर जानकारी गराएका छन् । अभिषेकले आफ्नो ट्वीटरमा लेखका छन् ‘मलाई र मेरो बुबालाई आज कोरोना पोजिटिभ भेटिएको छ । हामी दुवैलाई हल्का लक्षण देखिएको थियो, र हामी अस्पतालमा भर्ना भएका छौं । हाम्रो परिवार र बाँकी स्टाफहरुको परीक्षण गरिदैछ । म सबैलाई निवेदन गर्दछु कि धैर्य रहनुहोस र दु:खित नहुनुहोस् । धन्यवाद ।’ 

कयौं प्रोजेक्ट र KBC12 को चल्दै थियो तयारी

अस्पताल स्रोतले बताए अनुसार अमिताभ बच्चनको स्वास्थ्य अवस्था ठीक छ । अमिताभले अहिले कयौं प्रोजेक्टहरु लिएका छन् । जो उनले पुरा गर्नु पर्नेछ । अमिताभका आउन लागेका फिल्महरुमा चेहरे, ब्रह्मास्त्र, बटरफ्लाई, झुंड र Uyarndha Manithan रहेका छन् । 

यसको अलावा अमिताभले चर्चित सो कौन बनेगा करोडपति (KBC12) को शूटिङ पनि गर्दै थिए । उनले  KBC12 को प्रोमो भिडियो शूट गरिसकेका थिए र इपिसोडको शूटिङको तयारी गर्दै थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध