2026-09-19 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशान्तको बैंक खाताको फरेन्सिक अडिट: ७० करोड कमाए, ५५ लाख रियालाई

असोज २१, काठमाडौँ| बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण अझै सेलाएको छैन । भारतमा उनको आत्महत्यालाई लिएर बिभिन्न अध्ययन भईरहेको छ, साथै दैनिक जसो उनको बारेमा समाचारहरु आईरहेका छन् ।

यसैबीच पछिल्लो समय उनको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आएको छ, जसमा कुनै सन्दिग्ध सुराक भेटिएको छैन । भारतीय संचार माध्यम इन्डियन एक्सप्रेसको समाचार अनुसार, सुशान्तको सबै बैंक खातामा पछिल्लो ५ बर्षको दौरानमा ७० करोडको लेन-देन भएको छ, जसमा ५५ लाख रुपया मात्र रिया चक्रवर्तीसँग जोडिएको पाइएको छ । सुशान्तले धेरैजसो पैसा यात्रा, स्पा र गिफ्ट किनेर खर्च गरेका थिए ।

सुशान्तका बुबा केके सिंहले ड्रग्स केसमा मुम्बईकि भायखला जेलमा रहेकी रिया चक्रवर्तीबिरुद्ध १५ करोड रुपयाँको धोखाधडीको मुद्धा पटनामा दर्ता गरेका थिए ।

सुशान्तको आत्महत्याको घटनामा थप स्पष्ट भएपछि सीबीआईल त्यसको कारणको अध्ययनको खिजी रहेको छ । घटनामा रिया चक्रवर्ती र उनको भाईको भूमिका, बलीवुडमा प्रोफेशनल राइवलरी र भाई-भतीजावाद, नशिलो औषधिको दुरुपयोग र राजपूतको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अनुसन्धान गरिने बताइएको छ ।

सुशान्त सिंह राजपूतको कोटक महिन्द्रा बैंकमा खाता थियो । सीबीआईको एक टीमले उक्त बैंकमा पनि उनको बैंक खाताको अध्ययन गरेको थियो ।

सिविलाईले गरेको अध्ययन अनुसार १४ अक्टोबर २०१९ मा सुशान्तको बैंक खातामा ४.६४ करोड रुपयाँको ब्यालेन्स रहेको थियो, जो करिव ९० दिनमा घटेर १.४ करोडमा झरेको थियो । जुन पैसा सुशान्तको खाताबाट निकालिएको वा ट्रान्सफर भएको थियो, त्यस मध्ये धेरै पैसाको प्रयोग रिया चक्रवर्ती र उनको परिवारजनको लागि भएको थियो । १४ अक्टोबरमा रियाको भाई शोविकको एकाउन्टमा 81,901 रुपयाँ ट्रान्सफर भएको भेटिएको छ ।

त्यस्तै १५ अक्टोबर २०१९ मा ४ लाख भन्दा बढी पैसा दिल्लीको होटल ताजमा बस्नको लागि पठाइएको थियो । त्यस्तै १६ अक्टोबर २०१९ मा रिया र शोविकको दिल्लीको हवाई टिकटको लागि ७६ हजार रुपयाँ पठाइएको थियो । यस अघि फरक-फरक पैसा गरि लाखौँ रकम ट्रान्जेक्शन भएको थियो ।

त्यस्तै १४ नोभेम्बर २०१९ मा रियाको नाममा डेढ लाख रकम ट्रान्जेक्शन भएको थियो ।

२० र २१ नोभेम्बरमा रियाको मेकअप र शपिंगमा ७५ हजार रुपयाँ खर्च भएको थियो ।

त्यस्तै २४ र २५ नोभेम्बर २०१९ मा रियाको शपिङ र रियाको भाईको ट्यूशन फिको लागि फरक-फरक रकम खर्च गरेको देखिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो