2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस यूनिभर्स नेपाल २०२०’ बनिन् अन्शिका शर्मा

पुस १६, काठमाडौं । अन्शिका शर्माले ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि प्राप्त गरेकी छिन् । अष्ट्रेलिया निवासी २४ वर्षिया  शर्माले १० लाखको नगद पुरस्कार र अपला ज्वेलर्सको तर्फबाट  १५ बराबरको क्राउन जितेकी छिन् । 

उनले मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्ने छिन् । शर्माले पहिलो स्थान हासिल गरिन् भने पहिलो, दोस्रो, तेस्रो र चौथो उप–विजेताको स्थान क्रमशः सुजिता बस्नेत, नीना कान्त मण्डल, दिक्ता थापा, न्यान्सी खड्काले हासिल गरेका छन् । 

त्यसैगरी नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफूलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरिन् ।  

उत्कृष्ट १८ सहभागीले स्वीमसुट लगाएर आफ्नो परिचय दिंदै उत्कृष्ट १० मा पुगेर सबै जनाको प्रशंसा पाउन सफल भए । नीना कान्त मण्डलले भने ब्रेभ, बोल्ड र ब्यूटिफूल सोसल एड्भोकेसी उपाधि हासिल गरेर उत्कृष्ट १० मा आफ्नो स्थान पहिले नै सुरक्षित गरेकी थिइन् । 

स्वीमसुट राउण्ड पश्चात् फिनालेमा निर्णायकहरुले उत्कृष्ट १० मा ५ जना सहभागीहरु छनोट गरे भने बाँकी ४ भने दर्शकको भोटबाट छनोट गरिएको थियो । उत्कृष्ट ५ को लागि भोटिङ भइरहेको बेला उत्कृष्ट १० भने प्रश्न–उत्तर राउण्डमा एक अर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका थिए । 

अगाडिको राउण्डमा जस्तै गरी निर्णायकहरुले उत्कृष्ट ५ को लागि उत्कृष्ट ३ को छनोट गरे र बाँकी २ जनाले लाइभ सर्वाधिक भोटको आधारमा छनोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध