2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७३ देशका सुन्दरीलाई पछि पार्दै मिस युनिभर्स बनिन् एन्ड्रिया

जेठ ३, काठमाडौं । मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन् । उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी छिन् । ब्राजिलकी जुलिया गामा फर्स्ट रनरअप भएकी छिन् भने पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप बन्न सफल भएकी छिन् । मिस युनिभर्सको यो प्रतियोगितामा अन्सिका शर्माले पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगिताका लागि अन्सिकाले अत्यन्तै मिहिनेत गरेतापनि उनले उत्कृष्ट २१ मा आफ्नो स्थान बनाउन सकिनन् ।

नयाँ मिस युनिभर्सबारे केही जानकारी लिऔंः

उनको जन्म चिहुवाहुवा शहरमा १३ अगस्ट सन् १९९४ मा भएको हो । एन्ड्रिया २६ वर्षकी हुन् । उनी अल्मा कारमोना र स्यान्टियागो मेजाकी जेठी छोरी हुन् । उनका अन्य दुई बहिनी छन् ।

मोडल हुनुका साथै एन्ड्रिया सफ्टवेयर इन्जिनियर हुन् । सन् २०१७ मा चिहुवाहुवाबाट नै उनी सफ्टवेयर इन्जिनियरको रुपमा ग्रेजुएट भइन् ।

एन्ड्रिया लैङ्गिक हिंसाको विषयमा निकै मुखर छिन् । उनले सन् २०२० मा मेक्सिकन युनिभर्सल २०२० को ताज जितेकी थिइन् । यसबाहेक उनी मिस मेक्सिको २०१७ समेत बनिन् ।

उनले सन् २०१७ को विश्व सुन्दरीमा शीर्ष तीनमा आफ्नो स्थान बनाएकी थिइन् ।

प्रतियोगिताको प्रश्नोत्तर राउन्डमा एन्ड्रियालाई सोधिएको थियो, ‘यदि तपाईं आफ्नो देशकी नेता हुनुहुन्थ्यो भने तपाईं कोभिड–१९ महामारीलाई कसरी नियन्त्रण गर्नुहुन्थ्यो ?’ यसको जवाफमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ, कोभिड–१९ जस्तो यो मुश्किल स्थितिसँग जुधुनका लागि कुनै सही तरिका छैन । यद्यपि, स्थिति भयावह हुनु अगावै मैले लकडाउन भने गर्थेँ होला किनभने हामीले धेरै ज्यान गुमाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध