2026-10-11 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्रग्स केसले ‘बलिउड’ त्रासमा

कात्तिक ८, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । 

उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ । आर्यनसँगै पक्राउ परेका एक व्यक्तिबाट ड्रग्स भेटिएपछि सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ ।

आर्यनको जमानत दुई पटक खारेज भएपछि उनको वकिलले मुम्बई हाइ कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदै छ ।

यसका साथै आर्यनको ह्वाट एप्समा बलिउड एक्ट्रेस अनन्या पाण्डेसँग भएको कुराकानीका आधारमा एनसीबीले घरमा छापा मारेर ल्यापटप र मोबाइल सिज गरेर बयानसमेत लिइसकेको छ । गतवर्ष कोरोनाभाइरसको महामारी केही समान्य हुँदै गर्दा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएर अगाडि आएको ड्रग्स केसमा केही बलिउड सेलिब्रेटीलाई एनसीबीले बयानको लागि बोलाएको थियो । दीपिका पादुकोण, सारा अलि खानलगायत बलिउडका चिनिएका अनुहारलाई एनसीबीले बोलाएर सोधपुछ गरेको थियो । 

केही समयअगाडि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियासमेत ड्रग्स केसमा परेका थिए । उनीहरूले आफुले ड्रग्स सेवन गर्ने गरेको बयानका क्रममा स्वीकारसमेत गरेका थिए । यद्यपि, उनीहरूलाई पनि कारबाही भएन ।

तर, पछिल्लो समय ड्रग्स केसमा जोडिएका आर्यनलाई एनसीबीले गरिरहेको कारबाहीले बलिउडमा त्रास फैलिएको छ । स्टारका छोराछोरी वा स्टार धेरै पार्टीमा पुग्ने गरेका छन् । उनीहरू पुगेको पार्टीमा कसैले ड्रग्स सेवन गरे, आफु पनि त ‘जेल’ पुग्नु पर्ने होइन ? भन्ने डर उनीहरूमा छ । 

‘हाम्रो बच्चाहरू धेरै पार्टीमा जाने गर्छन्, त्यहाँ कसैले ड्रग्स लिए पनि उनीहरू जेल पुग्न सक्छन’, एक स्टार पिताले भारतीय मिडियासँग नाम नखुलाउने शर्तमा भनेका छन् । उनले चर्चाकै लागि एनसीबीले बलिउडलाई टार्गेट गरिरहेको आरोपसमेत लगाएका छन् । 

’आर्यनले न ड्रग्स लिएका छन्, नत उनीसँग ड्रग्स नै भेटिएको छ । तर, पनि उनी तीन सातायता जेलमा छन्’ उनले भने, ‘आर्यन घटनाक्रममा एनसीबीको नियत राम्रो देखिँदैन ।’ 

पछिल्लो समय एनसीबीले बलिउडलाई टार्गेट गरेपछि बलिउडकर्मीहरूमा त्रास बढेको हो । बलिउडमा ड्रग्स कनेक्सनको खोजमा रहेको एनसीबीले लगातार आफ्नो कारवाही अगाडि बढाइरहेको छ । 

आर्यन केसमा ट्विस्ट 

हालै आर्यन केसमा एक ट्विस्ट आएको छ । एनसीबी प्रमुख समीर वानखेडेमाथि आर्थिक चलखेलको आरोप लागेको छ । आफूलाई केपी गोसावीको बडिगार्ड बताउने एनसीबीकै एक प्रत्यक्षदर्शी प्रभाकर सैल मिडियासँग कुराकानी गर्दै गोसावी र सैम डिसुजा नाम गरेका व्यक्तिबीच २५ करोडको चर्चा भएको बताएका छन् ।

‘गोसावी र सैमले १८ करोेडसम्म दिएको खण्डमा केस मिलाउने बताएका थिए । जसमध्ये आठ करोेड एनसीबीका अधिकारी समीर वानखेडेलाई दिनुपर्ने कुरा गरेको थिए ।’ सैलले यस्तो बताएपछि केस नयाँ दिशामा मोडिने बुझिएको छ । एनसीवीले ६ अक्टोबरमा सार्वजनिक गरेको प्रेस रिलिजमा प्रभावकरको नाम प्रत्यक्षदर्शीमा राखिएको छ ।

प्रभावकरको यो भनाइ सार्वजनिक भएसँगै आर्यन खानको ड्रग्स मुद्दा पैसाका लागि रचिएको सुनियोजित खेल भएको भन्दै एनसीबीका प्रमुख समिरलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा ट्विट गरिएको छ । 

आर्यनको हाइ कोर्टमा अपिल 

अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन् । ‘मेरो ह्वाटएप्स च्याटलाई गलत तरिकाले बाहिर ल्याइएको छ,’ आर्यनले अपिलमा भनेका छन्, ‘मैले ड्रग्स सेवन गरेको छैन र मसँग केही प्रतिबन्धित सामग्री भेटिएको पनि छैन । तर, पनि म जेल बस्न बाध्य छुँ ।’ 

उनले पार्टीमा आफूले अरबाज र आचित नामक दुई साथीलाई मात्र चिनेको खुलाएका छन् । आर्यनले अपिलमा आफूलाई फसाउने षड्यन्त्र भइरहेको जनाउँदै न्यायका लागि यहाँसम्म आएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध