2026-10-11 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब शाहरुखले आमिरलाई भने- काजोलसँग काम नगर्नू

कात्तिक १६, काठमाडौं | आज २ नोभेम्बर । बलिउड स्टार शाहरुख खानको जन्मदिन । आजदेखि शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।

बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । किनकि उनले अभिनय गरेका अधिकांश फिल्म रोमान्टिक ड्रामाका छन् । शाहरुखको जोडीका रूपमा दर्शकले काजोललाई मन पराएका छन् । शाहरुख र काजोलको जोडी अभिनित अधिकांश फिल्मलाई दर्शकले रुचाएका छन् । काजोलसँग उनले पहिलो फिल्म ‘बाजीगर’ मा काम गरेका थिए भने पछिल्लो फिल्म थियो ‘दिलवाले’ ।

शाहरुखको बर्थ डेमा हामी आज यही रोमान्टिक अनस्क्रिन जोडीको एउटा रोचक जानकारी गराउँदैछौँ । याे जाेडीले दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, कभी खुशी कभी गम, माइ नेम इज खानलगायतका फिल्ममा सँगै काम गरे । त्यसपछि यो जोडी दर्शकमाझ प्रिय बन्यो ।

तर, फिल्म बाजीगरको छायांकनको क्रममा शाहरुखले अभिनेता आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएका थिए । आमिरले कुनै प्रोजेक्टलाई लिएर काजोलको बारेमा सोध्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । शाहरुखले उक्त समयमा काम गर्न नसकिने अभिनेत्री भन्दै काजोलको चर्चा गरे । यसको कारण थियो, पहिलोपटक काम सहकार्य भइरहेको थियो । पहिलोपटक काम गरिरहेका थिए र एक अर्कासँग चिनजान थिएन ।

काजोलको बढी बोल्ने र टिप्पणी गर्ने बानी शाहरुखलाई मन परेको थिएन । काजोललाइ पनि केही कुरामा शाहरुख ठिक लागेको थिएन । यसैले गर्दा छायांकनको क्रममा यी दुईको झगडा पनि भयो । यसलाई शाहरुख स्वयंले एक अन्तर्वार्ताको क्रममा बताएका छन् । यद्यपि जसरी छायांकनमा यी दुईको भेटघाट हुँदै गयो, एक अर्कालाई बुझ्दै गए । र, पछि यी दुई राम्रो साथी बने ।

शाहरुखले अन्तर्वार्ताकै क्रममा भनेका छन्,’आमिरलाई काजोलको बारेमा प्रतिक्रिया दिएपछि मैले त्यही दिन बेलुकी फेरि फोन गरें । मैले मेरो व्यक्तिगत कारण त्यस्तो प्रतिक्रिया दिएको र काजोल राम्रो अभिनेत्री रहेको बताएँ । मन हल्का भयो । पछिल्लो समयसम्म मेरो मिल्ने साथीमध्येकी एक हुन् काजोल ।’ यी दुईको सम्बन्ध बेलाबखतमा बिग्रिने पनि गरेको छ, यद्यपि अन्त्यमा जीत मित्रताकै हुने गरेको छ । यी दुईलाई स्क्रिनमा जोडीको रूपमा दर्शकले अझै हेर्ने चाहना सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध