2026-10-11 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरब नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई आक्रमण

पुस ९, काठमाडौँ (रासस /सिन्ह्वा) |  साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

युद्धक विमानहरुले गरेका सो आक्रमणको आवाज नै सुनिएको पनि बताइएको छ । यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो । इरान समर्थित हुथी मिलिसियाले पनि गतहप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो ।

केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध