2026-10-10 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर भएपछि बालेनको पहिलो ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सार्वजनिक हुँदै

काठमाडौँ | हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ का लागि र्यापर बालेन साहले एउटा नयाँ गीत गाएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यो उनको पहिलो रेकर्डेड गीत हो । बालेनको स्वरमा रेकर्ड भएको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सोमवार दिउँसो सार्वजनिक हुँदैछ ।

महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ को टीमले उक्त गीत आज सार्वजनिक गर्ने घोषणा गरेका छन् । ‘नेपाल हासेको’ गीत आज दिउँसो ३ः१५ बजे सार्वजनिक हुनेछ ।

उक्त गीत सार्वजनिक हुने कुराको जानकारी दिँदै फिल्मका कलाकारहरुले सार्वजनिक गरेको पोस्टरमा मेयर बालेन कुर्सीमा बसेका छन् भने उनको पछाडि फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, सागर लम्साल, गजित विष्ट, हरिष निरौला आदिलाई दौरा–सुरुवाल तथा ढाका टोपीसहितको राष्ट्रिय पहिरनमा देख्न सकिन्छ ।

उक्त गीतमा बालनकै शब्द, संगीत तथा र्याप रहेको छ । गीतमा किरण नेपाली सारङ्गी वादन छ । यो गीतको भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ । कुमार कट्टेलद्वारा निर्देशित फिल्म ‘लाज शरणम्’ को केही दिनअघि सार्वजनिक भएको ‘हेर्दा हेर्दैमा’ दर्शक तथा स्रोताले मन पराएका छन् ।

नविन श्रेष्ठद्वारा निर्मित फिल्म ‘लाज शरणम्’ को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ छन् । यो फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने