2026-07-05 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी जिल्लाका दुईवटा प्रसिद्ध धार्मिकस्थलको अस्तित्व सङ्कटमा

गोपालप्रसाद बराल, असोज ९, बर्दिवास । रातु नदीको बाढीले महोत्तरी जिल्लाका दुईवटा प्रसिद्ध धार्मिकस्थलको अस्तित्व सङ्कटमा परेको छ । 

जिल्लाको भङ्गाहा–६ सिद्धपुरस्थित श्रीसिद्धनाथ महादेव मन्दिर र धमौरा–७ रौजास्थित रौजा मजार सरिफ परिसरलाई यसपालिको बाढीले कटान र डुबानमा पारेपछि दुवै प्रसिद्ध धार्मिकस्थलको अस्तित्व नै सङ्कटमा परेको हो । 

रातु र बडहरी नदीको सङ्गममा रहेको अति प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिरको आँगन नै बाढीको कटानमा परेको छ । गत बिहीबारदेखिको लगातार वर्षासँगै रातु नदीमा आएको बाढीले पक्की मन्दिरको परिसरलाई कटान गरेपछि अहिले नदीको पानी आँगनमै बगिरहेको सिद्धपुर बस्तीका पराउ सादा मुसहर बताउनुहुन्छ । 

करिब ५०० वर्षपहिले सबैतिर घनाजङ्गल रहेका बेला दुधारी बाबा भनिने एक सन्तले सपनामा शिवलिङ्गबारे देखेकोे सूचनाका आधारमा श्रीसिद्धनाथ महादेव पत्ता लागेको यहाँका बुढापुरानाको भनाइ छ । दुधारी बाबाले पत्ता लगाएका शिवलिङ्गस्थलमा आफ्ना पुर्खाले मन्दिर खडा गरेर संरक्षण गर्दै आएका भङ्गाहा–१ का रुद्रनारायण सिंह थारू उल्लेख गर्नुहुन्छ । अति प्राचीन यो धार्मिक धरोहरको मन्दिर नै बगाएर लाने स्थिति बनेको स्थानीयवासी बताउँछन् । 

त्यसैगरी इस्लाम धर्मावलम्बी सुफी सन्त बाबा गदा अली शाह, बाबा बाहार अली शाह र बाबा रहम अली शाहको मजार अर्थात् समाधिस्थल रहेको रौजा मजारको धर्मशालाको पर्खाल यसै साताको रातु नदीको बाढीले भत्काएको छ । रातु नदीको बाढीले डुबान गरेको मजार परिसरमा जानआउन नसकिने अवस्था रहेको धमौरा–९ का बासिन्दा मन्सुल कवारीको भनाइ छ । 

इस्लाम धर्मावलम्बी सन्तको मजार ९समाधिस्थल० मा नेपाल र भारतका लाखौँ हिन्दू र इस्लाम धर्मावलम्बी भक्तजन आफ्नो मन्नत ९इच्छित चाहना० पुरा गर्न र मन्नत पूरा भएपछि भाकलअनुसार पूजा दिन त्यहाँ पुग्ने गरेका छन् । हिन्दू र इस्लाम धर्मावलम्बीको साझा धार्मिक रहेको मजार बाढीको चपेटाले सङ्कटमा परेको धमौराका बासिन्दा बताउँछन् । आम जनताको मनबाट जिल्लाकै मुख्य धार्मिकस्थलका रुपमा विकासको सम्भावना बोकेको श्रीसिद्धनाथ महादेव मन्दिर र रौजा मजार संरक्षणमा भने कुनै निकायले ध्यान नदिएका धमौरा अधियानपुरका शिक्षक अमानुल्ला शेष बताउनुहुन्छ । 

नेपालको अजमेर सरिफ ९भारतको अजमेर सरिफको प्रसिद्धिसँग दाँजेर० भनेर चिनिने अति प्राचीन इतिहास बोकेको रौजा मजार संरक्षणमा ध्यान दिन धमौराका बासिन्दाले जिविस, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, पुरातत्व विभाग लगायतको ध्यानाकर्षण गराएका छन् । 

यसैबीच बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले आपूmले दुवै ठाउँको अवलोकन गरेर संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्नुहुन्छ । । 

पानीको हाहाकार

महोत्तरी जिल्लाको बर्दिवासमा खानेपानीको हाहाकार मच्चिएको छ । बर्दिवास नगरपालिका–१, २ र ३ मा खानेपानीको पाइप र फिल्टर बाढी र पहिरोले क्षति पु¥याएपछि नगरका यी बस्तीमा खानेपानीको हाहाकार भएको हो । 

पहिलेको बर्दिवास गाविस क्षेत्र ९अहिले बर्दिवास नपा–१, २ र ३० का लागि पानी आपूर्तिका लागि रातु नदीको कालापानी जलाधारबाट ल्याइएको पानी भण्डारण गरेर वितरण गरिएको थियो । 

बिहीबार साँझ पाइप ओछ्याइएको कारेघोप्टे वन क्षेत्रको पाखामा पहिरो झरेर पाइप पुरेको र जलाधार मुखको फिल्टर बाढीले बगाएपछि यी बस्तीमा खानेपानी अवरुद्ध भएको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दिवासले जनाएको हो । फिल्टर बगाएको ठाउँमा नयाँ लगाउन सकिने भए पनि कारेघोप्टे पाखामा लगातार पहिरो जाने क्रम नरोकिएकाले मर्मतसम्भारको काम गर्न नसकिएको संस्थाका अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै