2026-09-19 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

साक्षरता कक्षाले महिलामा परिवर्तन

 असोज १०, बैतडी । जिल्लामा सञ्चालित साक्षरता कक्षाले यहाँका महिलामा धेरै परिवर्तन आएको छ । 

बैतडीका सात गाविस र पाटन नगरपालिकाका तीनवटा वडामा व्यावसायिक साक्षरता कक्षा सञ्चालनमा आएपछि महिलाले आफूहरुमा परिवर्तन आएको महशुस गरेका हुन् । 

डिप्रोक्स नेपालले आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउन र सामान्य हरहिसाब गर्नका लागि सहज बनाउने उद्देश्यले व्यावसायिक साक्षरता कक्षा सञ्चालन गरेपछि आफूहरुले सामान्य हिसाब, पोषण शिक्षा, जीवनोपयोगी सीपका बारेमा थाहा भएको वासुलिङ्गका चन्द्रा पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो – “साक्षरता कक्षा सञ्चालनपछि धेरै कुरा सिकेका छौँ ।” 

ग्रामीण क्षेत्रका महिलाको सशक्तीकरणमा सहयोग पु¥याउनका लागि सो कक्षा सञ्चालन गरिएको डिप्रोक्सका कार्यक्रम अधिकृत लालबहादुर आलेमगरले जानकारी दिनुभयो । जिल्लाका देहीमाण्डौँ, गुरुखोला, वासुलिङ्ग, कटौजपानी, सिद्धपुर, सिद्धेश्वर र गाँजरी गाविसमा सो कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । यस्तै पाटन नगरपालिकाको भूमेश्वर, सरकार र सिलङ्गामा पनि कक्षा सञ्चालन भइरहेको छ । 

व्यावसायिक साक्षरता कक्षामा २५ देखि २७ जनाको सहभागिता रहने त्यसमा ९० प्रतिशत महिलाको सहभागिता रहेको कार्यक्रम अधिकृत आलेमगरले बताउनुभयो । व्यावसायिक साक्षरता कक्षामा साक्षरता र हिसाब, पोषण शिक्षा, जीवनोपयोगी सीप, उद्यमशीलता सीप र वित्तमा पहुँचका बारेमा पढाइने वरिष्ठ प्रशिक्षक दीपेन्द्रबहादुर मडैले जानकारी दिनुभयो । 

अठचालिस हप्तासम्म सञ्चालन हुने कक्षामा महिलालाई आधारभूत सीप सिकाउने गरेको उहाँले बताउनुभयो । व्यावसायिक साक्षरता कक्षाबाट एक हजार बढी महिला लाभान्वित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई