2026-09-12 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगन्जमा समेत शौचालय नहुँदा समस्या

असोज १२, वीरगन्ज । भारतको सीतामढीअन्तर्गत नरकटिया बस्ने ६५ वर्षीय गेनेलाल पटेल ऐतिहासिक तथा धार्मिक शक्तिपीठ गहवामाईको पूजा गर्न वीरगन्ज आएको समयमा शौच गर्न शौचालय खोज्दा नपाएर आफूलाई सकस भएको गुनासो गर्नुहुन्छ । 

देशकै प्रमुख आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज नगरक्षेत्रभित्र सार्वजनिक शौचालय नहुँदा भारतीय नागरिक पटेलजस्तै सबैले समस्या भोग्दै आएका छन् । वैकल्पिक व्यवस्था र बिनापूर्वाधार वीरगन्ज उपमहानगरपालिकाले हतारमा वडाहरुलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने गरेको भए पनि शौचालयको अभाव रहेको स्थानीयवासीको गुनासो छ । 

सन् २०१६ सम्म विभन्न नगरलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएपनि कर्तव्यबोधको अभावका कारण नगरपालिकाले लक्ष्यलाई पछ्याउन सकेको देखिँदैन । नगर क्षेत्रभित्र ३० वडासम्म रहेपनि १७ वडासम्म मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् । दुई लाख पाँच हजार जनसङ्ख्या रहेको नगर क्षेत्रभित्र २३ वटा सार्वजनिक शौचालय रहेकामा १८ वटा शौचालय मात्र सञ्चालनमा आएका छन् भने पाँचवटा शौचालय बिग्रेको अवस्थामा रहेका छन् । 

नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको कमी भएको स्वीकार्दै वीरगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख कार्यकारी प्रकाश अमात्यले बजारको मुख्य ठाउँमा शौचालय बनाउन नसकेकाले यो समस्या देखापरेको बताउनुभयो । वीरगन्ज बजारको मुख्य चोक माईस्थान र आदर्शनगरमा भने एउटा पनि शौचालय नभएको भएपनि वडा नं २ र ४ मा दुईवटा सार्वजनिक शौचालय बनाउन महानगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

नगर क्षेत्रभित्रको मुख्य सडक विस्तार भएपछि थप शौचालय बनाउने लक्ष्य नगरपालिकाले लिएको सामाजिक विकास महाशाखाका प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो । उपमहानगरपालिका घोषणा भएको १८ वर्ष पूरा हुँदापनि पर्याप्त मात्रामा नगर क्षेत्रमा सार्वजनिक शौचालय नहुनुमा नगरपालिकाको उदासीनता भएको आरोप स्थानीयवासीले लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस