2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन सम्पन्न

असोज १३, भैरहवा । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन भैरहवामा सम्पन्न भएको छ । अधिवेसनले कान्तिपुर दैनिकका उपसम्पादक माधब ढुंगानालाई पुनः अध्यक्षतामा आगमी २ वर्षकोलागी निर्विरोध  चयन गरेको छ ।

अधिवेसनबाट क्लबको उपाध्यक्षमा दिपेश पछाई चयन भएका छन् । पछाई नयां पत्रिका दैनिक, एविसी टिभी, मेचिकाली दैनिक, भैरहवा एफ एममा आवद्ध छन् । यसैगरी महासचिबमा नरेश के.सी चयन भएका छन् । के.सी लुम्बिनीखबरको सम्पादक हुन् भने हिमालय टि.भी, लुम्बिनी दैनिक, दैनिक नेपालमा पनि कार्यरत रहेका छन् । क्लबको सचिवमा सम्झना शर्मा चयन भएकी छन् । शर्मा नारिबिम्बको प्रधान सम्पादक हुन्  भने भैरहवा एफ एम र  आर्थिक अभियानमा समेत कार्यरत रहेकी छन् । क्लबको कोषाध्यक्षमा कमल रायमाझी चयन भएका छन् । रायमाझी लुम्बिनी खबरका सहसम्पदक तथा रासस र सगरमाथा टिभीमा कार्यरत पत्रकार हुन् ।

क्लबको सदस्यहरुमा रुपन्देही एफ एमका स्टेशन म्यानेजर शंकर पाण्डे , नेपाल टेलिभिजनका भैरहवा सम्वाददाता शम्भु पन्त , सिद्धार्थ एफ एमका समाचार प्रमुख अरुण ज्ञवाली, लुम्बिनी पोस्टका सम्पादक दिपक घिमिरे, अनलाइन खबरका क्षेत्रीय सम्वाददाता सलमान खान र गौतमबुद्ध सन्देशका प्रबन्ध सम्पादक माधब न्यौपाने चयन भएको अधिवेसनको प्रमुख निर्वाचन आयुक्त अग्रज पत्रकार तथा अधिवत्त    mा कुलमणी ज्ञवालीले जानकारी दिए ।

नव निर्वाचित अध्यक्षलाई प्रमुख निर्वाचन आयुक्त ज्ञवालीले क्लबको विधान अनुसार पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएको निर्वाचन अधिकृत अधिवक्ता प्रख्यात बन्जाडेले जानकारी दिए ।

अधिवेसन अगाडी क्लबको खुल्ला सत्र सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेर बहादुर के.सी.ले पत्रकारहरुको दायित्व , पत्रकार आचार संहिता २०७३ र नेपाल पत्रकार महासंघको सदस्यताको बारेमा प्रकास पार्दै पत्रकारहरुले कुनैपनि सन्चार गृहमा काम गर्दा अनिवार्य रुपमा नियुक्त पत्र लिएर गर्नुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा अग्रज पत्रकार तथा अधिवेसनका निर्वाचन आयुक्त कुलमणी ज्ञवालीले भैरहवाको पत्रकारिताको संघर्षसील इतिहांसलाई बताउदैं पत्रकारिता क्षेत्र जोखीमको क्षेत्र भएको हुदां राज्यले पत्रकारहरुको सुरक्षा र जीवनवृतिकोलागी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए । क्लबको बन्दसत्रमा महासचिव नरेश के.सी र कोषाध्यक्ष सम्झना शर्माले पेश गरेको क्रमसः महासचिव र कोषाध्यक्षको प्रतिवेदन केही संशोधन सहित पारीत भएको थियो ।

अधिवेसन पश्चात नवनिर्वाचित अध्यक्ष ढुंगानाले पत्रकारहरुको हकहितकोलागी सधैं क्रियासील हुने जनाउदैं पत्रकारहरु पनि आचारसंहिता भित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई