नौवर्षसम्म पनि पुर्पक्षकालागि थुनामा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

गोपाल प्रसाद बराल/असोज १४, बर्दिवास । सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भएपनि महोत्तरी जिल्लाको सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षकालागि थुनामा छन् ।

आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादव आफुविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्ष थुनामै कारागार बस्न बाध्य भएका हुन् ।

दुई पक्षबीचको झँैझगडाका क्रममा २०६४ जेठ २३ गते गाउँकै बिशेश्वर मण्डलको हत्या गरेको अभियोगमा तत्काल पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा कारागार पठाइएका तीनै दाजुभाइसम्बन्धित मुद्दा फैसला हुन नसक्दा उनीहरुको थुना अवधि बढेको हो । महोत्तरी कारागारमा रहेका रामनन्दन र रामदुलारले आफुहरु सम्बन्धित मुद्दा किन फैसला हुन नसकेको भन्ने बारे जानकारी नभएको बताएका छन् ।

“घरका तीनै दाजुभाइ जेलमा बन्द छौँ”, कारागारमा उनीहरुको मुद्दाबारे बुझ्न पुगेका सञ्चारकर्मीसँग रामदुलार यादवले भन्नुभयो, “मुद्दाबारे बुझिदिने कोही नहुँदा फैसला हुन नसकेको बारे केही बुझेका छैनौँ ।”

पुर्पक्ष थुनामा तीनै दाजुभाइ एकसाथ महोत्तरी कारागार पठाइएका भए पनि कान्छा वीरेन्द्र यादवलाई केही महिनाअघि कारागार सरुवा गरी हाल सप्तरी कारागार राजविराजमा पठाइएको महोत्तरी कारागार प्रशासनले जनाएको छ ।

तीनै दाजुभाइलाई महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा राखिएको र कान्छा वीरेन्द्रलाई ठाउँ अभावले कारागार सरुवा गरिएको महोत्तरी कारागारका जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । पूर्पक्ष थुनाको अवधि नौ वर्ष चार महिना हुँदासम्म पनि तीनै दाजुभाइबारे अन्य कुनै व्यहोराको अदालतबाट आदेश नआएको जेलर ठाकुरको भनाइ छ ।

यसैबीच, दुई बर्षमा टुङ्गिनुपर्ने मुद्दा नौ वर्षभन्दा बढी लम्बिनुमा मुद्दाबारे बीचमा भएका घटनाक्रम कारण बनेको महोत्तरी जिल्ला अदालतले जनाएको छ । यो मुद्दा फैसलाको अन्तिम चरणमा पुगेकै बेला २०६८ साल फागुन १५ गते मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेसँगै तत्सम्बन्धी पत्र पाएपछि २०७० साल जेठ २३ गतेको निर्णयले मुल्तबी रहेको अदालतका स्रेस्तेदार जानकीरमण यादवले जानकारी दिनुभयो ।

मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा परेको उजुरीबारे २०७२ साल पुस ३० गते संवैधानिक इजलासले फिर्ता लिन नमिल्ने निर्णय गरेपनि सोसम्बन्धी विस्तृत विवरण प्राप्त हुन नसक्दा मुद्दा मुल्तबीमै रहेकाले फैसला हुन नसकेको स्रेस्तेदार यादवको भनाइ छ ।

थुनामा रहेका रामनन्दनले सरकार र अदालतले के गर्दैछन् ? आफुहरुलाई जानकारी नभएको प्रतिक्रिया दोहो¥याएका छन् । अदालत र सरकारको कामले आफुहरु सम्बन्धित मुद्दा फैसलामा ढिलाइ हुँदा तीनै दाजुभाइ अन्यायमा परेका रामनन्दनले बताए ।

अदालतका स्रेस्तेदार यादवले अब संवैधानिक इजलासको फैसला विवरण प्राप्त हुनासाथै मुद्दा तत्काल फैसला हुनसक्ने गरी अङ्ग पुगिसकेको जानकारी दिनुभएको छ । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply