2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान सेवा समाज दुबइद्धारा पहिरो पिडितलाई राहत बितरण

असोज १५, प्युठान । उत्तरी प्युठानका पहिरो पिडितलाइ राहत बितरण गरिएको छ । प्युठान सेवा समाज दुबइको अगुवाइमा दुबइमा कामको शिलसिलामा रहेका नेपालीबाट संकलन गरेको १ लाख ५० हजार रुपैया रकम पहिरो पिडितलाइ उपलब्ध गराएको हो ।

यहि असोज ९ गते प्युठान सेवा समाज दुबई (यु ए ई) ले पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाइ जिल्लाको ठुलाबेसी बजारमा राहात बितरण गरेको बताएको छ ।

पहिरोमा परि ज्यान गुमाएका ८ घरपरिवार, चार घर बिपन्न परिबार गरि १२ घर परिवारलाई राहत बितरण गरिएको हो । समाजका अनुसार खबाङका  २ घर, पुजामा ३ घर, रजवारामा २ घर, अर्खा­मा १ घर गरि आठ घर मृतक परिबारलाई राहत बितरण गरिएको राजन सुनारले जानकारी दिएका छन । 

त्यस्तै बिपन्न परिबारमा पुजा २ मा २ घर, बाग्लिबाङमा १, खोलाबाङ्ग ४ गरि १२ घर परिबारले राहत पाएको सुनारले बताए । 

उनका अनुसार मृतक परिवारलाइ दश हजारको दरले र बिपन्न परिवारलाई ६ हजार २ सय ५० का दरले नगद रकम प्रदान गरिएको छ । उत्तरी प्युठानमा दुई महिना अघि गएको बिनाशकारी पहिरोका कारण झन्डै चारदर्जन मानिसको मृत्यु हुनुका साथै सयौं परिवार बिस्थापित भएका थिए ।

– हाल दुबई (युएई) प्युठान सेवा समाज दुबईमा कार्यरत राजन सुनारको सहयोगमा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई