२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध

२०७३, १७ आश्विन सोमबार ०७:२१

असोज १७, तम्घास (गुल्मी) । वर्षाका कारण पहिरो गएपछि गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध बनेको छ । 

रिडी–तम्घास सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–१५ स्थित दुविचौरको खहरे खोलामा आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध बनेपछि सोमबार बिहानैदेखि सदरमुकाम तम्घासदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म आवतजावत गर्ने सयौँ सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् । 

सडक माथिबाट ठूलो पहिरो खसेका कारण अवरुद्ध सडक सुचारु गर्नका लागि डोजर प्रयोग गरिएको हुँदा सडक सुचारु हुनका लागि केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर