पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा । 
2026-07-06 10:35 AM
ओखलढुङ्गा - OKL

सञ्चारमैत्री प्रजिअद्धारा पत्रकार महासंघको भवन बनाउन पनि सहयोग

पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । ओखलढुंगा सदरमुकाममा निर्माणाधीन भवनको कामलाई निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले १५ हजार रुपैंया सहयोग गर्नुभएको हो । प्रजिअ अधिकारीले उक्त रकम नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाका कोषाध्यक्ष शिवप्रसाद ढुंगानालाई हस्तारन्तर गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी भएर आएसँगै उहाँले जिल्लामा भएका सुचना उपलब्ध गराउने र सुचनाको हक कार्यान्वयनमा गर्न जिल्ला स्थित सबै  कार्यालयहरुलाई निर्देशन दिनुभएको थियो । यस अघि जिल्ला हुलाक कार्यालयमा पनि लामो समय बसेर काम गरेको अनुभव रहेकाले उहाँले   सञ्चारमैत्री प्रशासकको भूमिका निर्वाह गर्दै आउनुभएको जिल्लाका सञ्चारकमीहरु बताउँछन् । 

सबैको साझा सम्पतिको रुपमा निर्माण थालिएको उक्त भवन निर्माणमा सहयोग गर्नु सबैको दायित्व भएकाले आफुले सहयोगको शुरुवात् गरेको प्रजिअ अधिकारीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक मिलन केशीले पत्रकार महासंघको भवन जिल्लाको सम्पति भएकाले सबैको सहयोग आवश्य भएको बताउनुभयो । आफ्नो तर्फबाट सक्दो सहयोग हुने केशीले प्रतिवद्धता जनाउनु भएको छ । 

निर्माणाधीन भवनको काम अघि बढाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारीलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ । महासंघलाई सहयोग गर्ने सबै महानुभावहरुलाई सम्मान पत्र र भवनमा शिलालेखमा सहयोगको विवरण राख्ने तयारी गरिएको कोषाध्यक्ष शिवप्रसाद ढुंगानाले जानकारी दिनुभयो । 

महासंघका अध्यक्ष दिपेन्द्र रुम्दालीले सहयोगि हातहरुको जुट्ने विश्वास व्यक्त गर्दै महासंघको भवन निर्माणको काम तिव्ररुपमा अघि बढाईने बताउनुभयो । यसरी महासंघको भवन निर्माणका लागि सहयोग गर्ने प्रजिअ अधिकारी पहिलो व्यक्ति रहेको महासंघले जनाएको छ । आफ्नै घर नहुँदा अहिले ओखलढुंगामा नेपाल पत्रकार महासंघको कार्यालय भाडामा लिएको कोठाबाट सञ्चालन हुँदै आएको छ । भवन निर्माणको काम अहिले धमाधम भईरहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै