नरी बडु | असोज २०, बैतडी | राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | असोज २०, बैतडी | राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न "/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चितुवा मार्न गएका प्रहरीलाई उपकरण हस्तान्त्रण

२०७३, २० आश्विन बिहीबार १४:५५

नरी बडु | असोज २०, बैतडी | राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न प्रयोग हुने उपकरण प्रहरीलाई हस्तान्तरण गरेको छ ।  

बिहिबार उदयदेव गाविसमा एक कार्यक्रमका बिच करिब ५० हजार बरावरको उपकरण हस्तान्तरण गरिएको हो । उदयदेव गाविस कार्यलय मार्फत प्रहरी टोलीलाई १ थान दुरपिन र ४ थान हाई पावरका टर्च लाइट हस्तान्तरण गरिएको गाविसका प्राविधिक लक्ष्मण महताले बताए । 

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछी जिल्ला सुरक्षा समितिको भदौ १९ गतेको बैठकले चितुवा मार्ने निर्णय गर्दै प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरेको थियो । सोहि निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बैतडीले प्रभावित क्षेत्रमा १५ जनाको प्रहरी टोली खटाएको छ । 

प्रभावित क्षेत्रमा खटाईएको प्रहरी टोलीले यसअघि उपकरण अभावमा चितुवा मार्न नसकिएको बताएको थियो । यसअघि विभिन्न सञ्चारमाध्यममा उपकरण नहुदा चितुवा मार्न नसकिएको भन्ने समाचार सुनेर प्रहरीलाई चितुवा मार्न सनिलो होस भनेर उपकरण हस्थान्तरण गरिएको राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र महताले बताए । 

चितुवाले श्रृङखलाबद्घ रुपमा मानिसमाथि आक्रमण गर्न थालेपछी प्रभावित तल्लोस्वराडका स्कुले विद्यार्थी र स–साना बालबालिकालाई बढी असर परेकोले उपकरण हस्तान्त।ण गरिएको हो । राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न प्रयोग हुने उपकरण प्रहरीलाई हस्तान्तरण गरेपछी आफुहरु चितुवा मर्नेमा आशावादी भएको स्थानिय रोसन साउदले बताए ।

तल्लोस्वराडमा गएको भदौ महिनामा दुई बालिका गरी वि स २०६८ सालदेखि हाल सम्म २२ जनाको चितुवाको आक्रमणवाट ज्यान गईसकेको छ । 

क्याप्सनः राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र महता उदयदेव गाविस मार्फत बैतडीको तल्लो स्वराडमा चितुवा मार्न खटिएको प्रहरी टोलिलाई उपकरण हस्तान्त्रण गर्दै |

(रोसन साउदको फेशबुकबाट) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी