(सास) असोज २१, बैतडी | जिल्लाको मल्लादेहि गाविसका दलितहरुले उक्त क्षेत्रको दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई ०७"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) असोज २१, बैतडी | जिल्लाको मल्लादेहि गाविसका दलितहरुले उक्त क्षेत्रको दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई ०७"/>
2026-09-19 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकलाई संयुक्त निवेदन

(सास) असोज २१, बैतडी | जिल्लाको मल्लादेहि गाविसका दलितहरुले उक्त क्षेत्रको दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई ०७३ असोज २१ गते संयुक्त हस्ताक्षर सहितको लिखित निवेदन दिएका छन् ।

वडादशैका अवसरमा उक्त क्षेत्रमा अवस्थीत श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा बलि दिने चलन रहेको र गैरदलितहरुले बलि गरेका राँगाहरुको सिनो दलितहरुले खानुपर्छ भन्ने रुढीबादि दबाव दिने गरेकाले स्थानीय दलित र डिलाशैनि सेवा समितीको हस्ताक्षर सहितको निवेदन इन्सेकलाई दिएका हुन ।

विजया दशमिको दिन मेला लाग्ने उक्त मन्दिरमा गैरदलितहरुले राँगा बलि दिने चलन छ । तर केहि वर्ष अगाडी देखि दलिहरुले सिनो खान अस्यूकार गरेको डिलाशैनि सेवा समितीका सदस्य एवम् स्थानीय दलित अगुवा राजेन्द्र लुहारले बताए ।

समिती र हामिले जस्ले राँगा बलि गर्यो उसैले व्यवस्थापन गर्नुपर्छ भन्ने निर्णय गरेकाले अपराधिक मनस्थिति भएका व्यक्तिहरुले आफुहरुमाथि अपराधिक गतिविधि गर्न सक्ने सम्भावना रहेकाले अनुगमनका लागि मानव अधिकारको क्षेत्रमा काम गरिरहेको संस्था इन्सेकलाई निवेदन दिएका छन् ।

दलित अगुवा लुहारले स्थानीय दलित समुदायको नेतृत्व गर्दै बैतडीका इन्सेक प्रतिनिधि नरी बडुलाई निवेदन बुझाएका हुन् । साथै उनिहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि निवेदन दिएका छन् ।

“बलि दिने समयमा जिल्लाका अन्य भगवतिका मन्दिरहरुमा पनि दलितहरुमाथि विभेद हुने भएकाले जिल्लाका अन्य मन्दिरहरुको पनि अनुगमन गरिदिनुहोस” लुहारले इन्सेक प्रतिनिधि नरी बडुलाई भने ।

तश्विरमा: सुरक्षाको माग गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीलाई निवेदन बुझाउदै जिल्लाको मल्लादेहि गाविसका दलित अगुवा राजेन्द्र लुहार | तस्बिरः नरी बडु/इन्सेक प्रतिनिधि बैतडी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई