2026-06-25 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

परम्परागत नृत्य प्रदर्शन गर्न दासाईहरुको तयारी

असोज २८, विराटनगर । मोरङमा बसोबास गदै आएका  लोपउन्मुख जाती सन्थालहरू परम्परागत नृत्य दासाईको तयारीमा जुटेका छन् । नेपाल सन्थाल आदिवासी उत्थान संघका सचिव बुद्धिलाल सोरेनका अनुसार नृत्य प्रदर्शनको तयारीका लागी उनीहरु सन्थाल भाषाका गीत गाउँने नाँच्ने दैनिक अभ्यासमा ब्यस्तरहनुभएको छ  । मोरङमा बसोबास गर्दै आएका सन्थालहरू आदिकाल देखि नै हिन्दुहरूको चाड दशैं र तिहारको बेला दासाई नृत्यमा रमाउने गरेको उहाँले बताउनुभयो ।

सन्थाल   समुदायले कला संस्कृतीको जर्गेनागर्न युवाहरुलाई यो जातीको नाँच र सस्कृतीको विषयमा नाँच्न गाउँन सिकाईरहेको छन । मूर्ति बनाउने र मूर्ति पूजा नगर्ने यी सन्थालहरू दसैँको घटस्थापना सुरु भएदेखि घरमा थन्क्याएर राखिएका मादल, ढोल, झ्याम्टा आदि झिकेर अरूको घरघर गई चामल, चिउरा माग्दै नृत्य सुरु गर्दछन् । जसले सन्थाल नृत्य सुरु भएको संकेत गर्दछ । उनीहरूको यो नृत्य प्रचलन दसँैको मूल टीकाको दिनसम्म जारी रहन्छ । जब दसैंको एकादसी सुरु हुन्छ त्यस दिनदेखि पूर्णिमासम्म भव्यरूपमा सामूहिक तबरले विभिन्न स्थानमा दसँै मेलामा उनीहरूले परम्परागत नृत्य प्रस्तुत गर्दछन् ।

सन्थाल अगुवाहरू दशैंको बेलामा नाचिने नृत्य भएकोले नै यो नाचको नाम दासाई भएको बताउँछन् । तर,दशैं र दासाई नाचबीचको सम्बन्धका बारेमा कुनै जानकारी नभएको नेपाल सन्थाल आदिवासी उत्थान संघका सचिव बुद्धिलाल सोरेनको भनाई छ । दशैं र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाहरूको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ ।

मोरङ राजघाटका स्थानीय गोरे हेमरनले दासाई नाचले सन्थाल जातिको जातीय एवं सांस्कृतिक पहिचान जोगाई राखेको बताउनु हुन्छ । उहाँले  –‘दासाई नृत्यमा लगाउने पोशाकमा समेत एक रुपता ल्याउन सकेका छैनौं । धिमाल,राजवंशी,ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ ।

सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । 

नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचीरहेका सन्थालहरू आफूलाई बहादुर सावीत गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन्। खासगरी मोरङको रंगेली , रामचौक , दोमना , आमतोला , लक्ष्मीपुर ,कर्सिया ,खोरकाटा, विसनपुर र लक्ष्मीनया,राजघाट,होक्लाबारी,बयरवन, शनिश्चरे, र केरौनमा सन्थालहरूको बसोवास रहेको छ ।

शिक्षाको उज्यालो किरण बाट टाडा रहेको यस जाति आफनो सास्कृतिक पर्वको जर्गेन ागर्नको लागी भने अग्रसर रहेको बताताइएको छ  । परापुर्वकाल देखि नै पिछडिएको यो जातिले आफनो कला र सभ्यतालाई जर्गेना गर्न भने एकजुट हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ