२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालकुमारी घटनाबारे सशस्त्रका आईजीको जवाफ– न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त हो

२०८०, १६ पुष सोमबार ०६:५७

पुस १६, काठमाडौँ | २ जनाको ज्यान गएको र मन्त्रीको गाडीमाथि आगजनी भएको ललितपुरको बालकुमारी घटनाका बारेमा सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार जवाफ दिएका छन्। 

समितिमा जवाफ दिँदै आईजी अर्यालले न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त रहेको बताए। ‘न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको मुख्य सिद्धान्त हो। र, फिल्डमा त्यहीअनुसार प्रयोग गरिएको छ,’ आईजी अर्यालले भने, ‘तर अब न्यूनतम बल प्रयोग भनेको कति भन्ने कुरा चाहिँ त्यहाँको अवस्थाअनुसार भर पर्छ। छानबिन समिति गठन भएकाले अब त्यो कुरा आउला।’ 


आईजी अर्यालले बालकुमारी घटनालाई विभिन्न पाटोबाट हेर्नुपर्ने बताए। ‘युवाहरुको एउटा पक्ष छ। ईपीएस अर्को पक्ष छ। भीआईपी, भीभीआईपीको कुराको छ। न्यायालयको डिसिजनको पक्ष र सुरक्षाको पक्षलाई छुट्टाछुट्टै हेरिए बुझ्न सहज हुन्छ,’ आईजी अर्यालले भने। 

‘साधान स्रोत नभएका कुराहरु पनि आइसकेका छन्। कतिपय अवस्थामा साधन स्रोत भए पनि समन्वय भएन भने क्षति हुन्छ। क्षति न्यूनीकरण गर्ने प्रयास भएकै देखिन्छ,’ अर्यालले भने। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन