२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिक्किमको थुनाबाट तारिखमा छुटेर नेपाल आएकी उमा भन्छिन्- मेरो केसहरू त्यही मिलाइदिनू

२०८०, १७ पुष मंगलवार ०७:१९

पुस १७, काठमाडौँ | शनिवार सिक्किमको गान्तोक सदन प्रहरीबाट ‘साम्प्रदायिक हिंसा’ फैलाउने भिडियो बनाएको आरोपमा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईले आफ्ना मुद्दाहरु उतै मिलाइदिन आग्रह गरेकी छिन् ।

आइतबार छुटेर नेपाल आइकी उमाले आफ्नो फेसबुकमा एक भिडियो बनाएर यस्तो आग्रह गरेकी हुन् । आफ्नो फेसबुक पेजमा ६ मिनेट २४ सेकेन्डको भिडियो पोस्ट गरेर उनले आफ्ना सिक्किममा भएका सबै मुद्दाहरु मिलाइदिन आग्रह गरेकी छिन् ।

उनले भिडियोमा भनेकी छिन्, ‘प्लिज मेरो चैँ जुन जुन केसहरू छ, मलाई लगाइएको छ, त्यो केसहरू सबै उतै मिलाइदिनु होला हैन । म सिक्किम आउन चाहँदिन । बिल्कुलै पनि ।’ भिडियोमा उनले दोहोर्‍याउँदै भनेकी छिन्, ‘प्लिज त्यो मेरो जत्ति पनि केसहरू छ, त्यो केसहरूलाई चैँ तपाईँहरूले त्यहीनेर सकाइदिनु । मलाई फेरि फेरि बोलाउने कोसिस नगर्नु ।’

आइतबार दिउँसो छुटेर नेपाल ल्याइएकी उमाले नेपाल आएर राती भिडियोमा लाइभ आएकी थिइन् । आफ्नो भिडियोमा उनले आफ्नै समुदायबाट दुई पटक उजुरी परेर आफू थुनिएको दुखेसो गरिन् ।

सिक्किम प्रहरीमा भएका आफ्नै समुदायकाहरुबाट पनि धेरै तनाव पाएर झण्डै डिप्रेसनमा पुगेको उनले भिडियोमा दुखेसो गरेकी छिन् । उनले आफूले सिक्किममा नयाँ वर्षको राम्रो ‘उपहार’ पाएको भन्दै भनेकी छिन्, ‘आफ्नो संस्कार संस्कृति बारेमा बोल्दा तपाईँहरूले मलाई जेलसम्म लाउनु भयो ।’

सिक्किमको सत्ताधारी दलका सदस्यहरूले उमालाई पवन चाम्लिङको पैसा खाएकोदेखि राई समुदायलाई भड्काउन आएको जस्ता सङ्गिन आरोप लाएका थिए । यस्तो आरोप लाउनेहरूमा सत्ताधारी दलका मुख्यमन्त्री पिएस गोलेका राजनीतिक सल्लाहकार तथा नेता ज्याकोब खालिङले त सार्वजनिक रूपमा ‘आतंककारी’ नै भनेका थिए ।

उमालाई मुद्दा लाउने शिला राईले बनाएको एक भिडियो सत्ताधारी दलको पेज तथा नेताकार्यकर्ताहरुले सार्वजनिक गरेका थिए ।

भिडियोमा शिलाले उमाले पवन चाम्लिङको पैशा खाएर नेपालबाट अवैधानिक रूपमा आएर राई समुदायलाई चुनावी हतियार बनाएको आरोप लाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता