२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ईपीएस विवाद : प्राविधिक समिति गठन गर्ने सहमति

२०८०, १७ पुष मंगलवार ०९:२९

पुस १७, काठमाडौँ | ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ ।

मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार दुवै पक्ष सम्मिलित प्राविधिक समितिमार्फत समस्या समाधान गर्ने सहमति भएको हो । ‘केही दिनमा नै यो समिति गठन हुन्छ,’ पोखरेलले भने ।

छलफलमा कोरियाली राजदूत एच.ई. तेयोङले ईपीएस विवादमा सञ्चार माध्यममा आएका विषयहरूमा ध्यानाकर्षण भएको बताएका थिए । उनले यस विवादले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध नै धराप पर्ने देखिएकोमा चिन्ता व्यक्त गरेका थिए । 

यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता