असोज ३० Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०
2026-09-18 11:48 PM
ओखलढुङ्गा - OKL

ओखलढुंगामा दशैँ कस्तो भयो ? पढ्नुस्

असोज ३०, ओखलढुंगा । यस वर्षको दशैँ ओखलढुंगामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्थानिय प्रशासनले दावी गरेको छ । छिटफुट सामान्य बाहेक कुनै अप्रिय घटना दशैँको समयमा नभएको प्रशासनको दावी छ । यसैविषयमा साझासबालका प्रदेश संयोजक पूर्णप्रसाद न्यौपानेले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीसँग कुराकानी गर्नुभएको छ ।


स्वागत छ यहाँलाई ! 

धन्यवाद पूर्ण जी । 

यस वर्षको दशैँ कस्तो भयो ओखलढुंगामा ?

दशैँ राम्रो भयो,विगतमा जस्तो कुनै अपराधिक क्रियाकलापहरु भएनन् त्यो राम्रो पक्ष हो, हामीलेले प्रहरीको सकृयता बढाएका थियौँ,जिल्लाको सुरक्षा व्यवस्था मजबुत थियो, र  यहाँका नागरिकहरुले पनि पर्वलाई सभ्य र भव्य तरिकाले मनाए,समग्रमा भन्दा २०७३ सालको दशैँ ओखलढुंगामा शान्तिपूर्ण रह्यो । 

गैरकानुनी क्रियाकलाप त भईहरेकै छन् नि कसरी शान्तिपूर्ण र सभ्य भन्ने ? 

सामान्य घटनाहरु हुनु स्वभाविक हो,तर कसैलाई ठुलो क्षती हुने र कानुुन अनुसार कारबाहि नै गर्नुपर्ने क्रियाकलाप भएका छैनन् ।

यातायात क्षेत्रमा देखिएको यत्रो बेथितीलाई सामान्य भन्न मिल्छ र ? 

वास्तवमै यातायातका क्षेत्रमा केहि समस्याहरु छन् । तर हामीले कारबाहि गरिरहेका छौँ, केहि दिन यता प्रहरीको सकृयतामा बढि भाडा लिने,यात्रुलाई दुव्यवहार गर्ने, क्षमता भन्दा बढि यात्रु बोक्ने लगाएतका सवारी नियम विपरित चल्नेहरु कारबाहिमा परिसकेका छन् । अझै पनि त्यस्तो पाईएमा खोजीखोजी कारबाहि गछौँ । सार्वजनिक सवारीमा यात्रुको सहज यात्राको व्यवस्था मिलाउन प्रशासनको प्रयास मात्रै पर्याप्त हुँदैन यसमा सबैपक्ष लाग्नु पर्छ,यदि नियम उलंघन गरे कडा कारबाहि गरिन्छ,गरिरहेकै पनि छौँ । 

अनियमितता गर्नेलाई नियन्त्रणमा लिने अनि नेता र सांसदको दवावमा कारबाहि नगरि छाडिन्छ भन्ने पनि कतिपयको आरोप छ नि ? 

दवावहरु झेलिएकै पनि छ,तर ठ्याक्कै त्यस्तो होईन,हामी कानुन विपरित चल्नेलाई कुनै हालतमा उन्मुक्ती दिदैँनौँ,दवाव र प्रभावमा स्थानिय प्रशासन परेको छैन र पर्दैन पनि म तपाईका सञ्चारमाध्यम मार्फत सबै पक्षलाई यस विषयमा विश्वस्त हुन आग्रह गर्दछु । र सँगै आसन्न पर्वहरु दिपावली र छठ पनि दशैँ जस्तै संयमित भएर शान्तिपूर्ण,सभ्य र भव्य तरिकाले मनाउन सबैमा आग्रह गर्दछु ।  

यो पनि पढ्नुहोस्  

http://sajhasabal.com/okhaldhunga/society/11055 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई