२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदालतभित्रै न्यायाधीशमाथि हमला

२०८०, १९ पुष बिहीबार ०८:०८

एजेन्सी | अमेरिकाको एउटा अदालतमा एक पुरुषले महिला न्यायाधीशमाथि आक्रमण गरेका छन् । नाभेदाको क्लार्क काउन्टी डिस्ट्रिक्ट अदालतमा बुधवार न्यायाधीशले आरोपीलाई जेल सजाय सुनाउँदै गर्दा यो घटना भएको हो ।

प्रतिवादी डियओब्रा डेलोन रेडनले उफ्रिएर न्यायाधीश मेरी के होलथसमाथि हमला गरेको सेक्युरिटी फुटेजले देखाएको छ । अघिल्लो सुनवाईमा रेडनमाथि लगाइएका अभियोगहरुमा उनी दोषी भेटिएका थिए । उनीमाथि यसअघि लागेका अभियोग र उनको आपराधिक इतिहासका कारण आफूलाई रिहा गरिदिन रेडनले गरेको अनुरोध होलथसले अस्वीकार गरेको पनि फुटेजमा देखिएको छ ।


योलगत्तै रिसले चुर भएका रेडनले उफ्रिएर न्यायाधीशमाथि आक्रमण गरे । चार जना पुरुषले आक्रमण रोक्ने प्रयास गरेपनि प्रयास विफल भयो । रेडनले बारम्बार होलथसको मुखमा मुक्का हाने । होलथसलाई केही चोट लागेको बताइएको छ । चोट कति गहिरो छ भन्ने चाँहि थाहा भइसकेको छैन । उनी अहिले अस्पतालमा भर्ना छिन् । रेडनमाथि अब थप अभियोगहरू चलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता