२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सेवाग्राहिको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सेवा अवधि बढायो

२०७३, १ कार्तिक सोमबार ०१:४४


पूर्णप्रसाद न्यौपाने/कार्तिक १,ओखलढुंगा । दशैंको विदा पछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा सेवाग्राहीको भिड निकै बढेको छ । दशैं मनाउन घर आएकाहरु यति बेला जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाण पत्र लिने तथा राहदानी वनाउने काममा लागे पछि प्रशासन कार्यालयमा सेवाग्राहीको भिड ह्वात्तै बढेको हो । 

दशै विदा पछिको दोस्रो सेवा दिन आईतबार सेवाग्राहिको भिड यो आर्थिक वर्षकै सबैभन्दा बढि देखिएको थियो । आईतबार ४० जनाले नयाँ नागरिकता लिएको र ३० जनाले राहदानी सिफारीस सेवा लिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । अन्य सेवा र परामर्शका लागि आउने सेवाग्राहिको संख्या पनि उत्तीकै रहेकोे उहाँको भनाई छ । 

सेवाग्राहिको चाप बढेपछि प्रशासनले सेवा अवधि बढाएको छ । अहिले विहान ८ बजेदेखि साँझ ६ बजे सम्म सेवा प्रवाह भईरहेको कार्यालयले जनाएको छ । सोमबार पनि विहान ७ बजे देखि नै सेवाग्राहि लाईनमा बसिसकेका छन् । 

सेवाग्राहिको भिड लागेपनि ओखलढुंगाका अधिकांश कार्यालयका कर्मचारीको भने दशैँ अझै सकिएको छैन् । दशैँ मनाउन घर गएका कर्मचारीहरु अझै कार्यलयमा फर्कीएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा